गृहपृष्ठ » विशेष, समचारपिकनिक हिँडेका क्यारेबियन कलेजका विद्यार्थी चढेको बस दुर्घटना, एकको मृत्यु

पिकनिक हिँडेका क्यारेबियन कलेजका विद्यार्थी चढेको बस दुर्घटना, एकको मृत्यु

December 17, 2016२४८ पटक
२ पुस, काठमाडौं ।  ललितपुरस्थित क्यारेबियन कलेजका विद्यार्थी सवार बा २ ख ६९२२ नम्बरको बस फर्पिङ-कुलेखानी सडकको लामागाउँ भन्ने स्थानमा दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा कक्षा १२ का विद्यार्थी १८ वर्षीय युवराज केसी रहेकाे प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा चालकसहित २३ जना घाइते भएका छन् ।  घाइते चालक र विद्यार्थीहरूलार्इ विभिन्न अस्पतालमा भर्ना गरिएको छ ।

कलेज व्यवस्थापनका अनुसार विद्यार्थीहरू बस भाडामा लिएर  शनिबारको छुट्टीमा रमाइलाे गर्न पिकनिक हिँडेका थिए ।

विद्यार्थी बोकेकाे बस दक्षिणकाली नगरपालिका अन्तर्गत फर्पिङ-कुलेखानी सडकको लामागाउँ भन्ने स्थानबाट करिब एक सय फिट तल खसेको छ।

कलेजका प्रमुख विष्णु शर्माले अनलाइनखबरसँग कुरा गर्दै पिकनिकका लागि दक्षिणकाली जाँदै गर्दा बस दुर्घटना परेको बताए । उनका अनुसार घाइतेहरु केहीलाई फर्पिङस्थित मनमोहन अस्पताल र दुईजनालाई बीर अस्पतालको ट्रमा सेन्टरमा उपचारका लागि ल्याइएको छ ।

विद्यार्थीहरु आफैंले पिकनिक आयोजना गरेको शर्माको भनाइ छ । विद्यार्थीहरुका साथमा होस्टेलका वार्डेन पनि थिए ।

कच्ची सडकको मोडबाट स्लिप खाएर बस तल खसेको प्रत्यक्षदर्शीले अनलाइनखबरलार्इ बताए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण