गृहपृष्ठ » साहित्यस्वर्गिय दुर्गा तिवारीमा समर्पित कविता – “उ अजर छ अमर छ”

स्वर्गिय दुर्गा तिवारीमा समर्पित कविता – “उ अजर छ अमर छ”

December 22, 2016३८५ पटक

प्रिय दुर्गा
लाखाै मुठी हरूबाट लाल सलाम
तिमी एक असल साथि थियाै
स्वार्थमिश्रित साथित्व भन्दा कैयाै गुनामाथि
उभिएकाे थियाे तिम्राे मित्रता
तिम्रा अालाेचनाबाट म खारिदै थिए
मेरा अालाेचनाबाट तिमी तिखारिदै थियाै
समाज र राजनितिकाे बेथिति बदल्ने सपनमा
हाम्रा मन मुटु एक भएका थिए ।
हामी एक थियाै,
सहयात्रा थियाै
साथि र सारथि दुवै थियाै ।
समाज र राजनितिकाे नकारत्व बाेक्नेहरू हाम्रो अभियानका
चुनैति थिए
ती चुनाैति हाम्रा शत्रु ।
बस याे अन्तरबिराेध
र वर्गसंघर्ष जारि थियाे
अा्न्दाेलन जारि थियाे यसै विच कायरहरूले
लुकेर तिम्राे छाति मा गाेलि हाने
तिमी ढल्याै,
लाग्याे म उभिएकाे धर्ति अाधा भासियाे अाकास खस्याे
सपना भाटियाे ,
म स्तब्ध र निशब्द भए ।
तिमिले चाेकमा उभिएर
राष्ट्रिय अखण्डता र स्वाभिमानका लागि अाफ्नाे अठाेट सुनाएका थियाै
मनमनै मैले पनि सपथ खाएकाे थिएं
तिम्राे अठाेटमा
याे अन्तिम अठाेट रहेछ
तिम्राे र मेराे
जब तिम्राे ढलेकाे शरीर राखेर म सडकमा निस्किए
लाखाै मुठ्ठि तिम्राे अठाेटमा ठडिएका थिए
ती मुठ्ठिहरूमा तिम्राे अात्मा र अाकृति थियो
मैले साेंचे दुर्गा ढलेकाे छैन
उ मारिएकाे छैन
उ अजर
छ अमर छ ।

©सिद्दिचरण भट्टराई
(शव यात्रा पछि २०७३ पुस ७)

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण