नवलपरासी सुबिधापत्रकाे नाममा मनाेमानी रकम असुली।
नन्दु यादव, पाैष ८ नवलपरासी जिल्लामा रहेकाे महेशपुर छाेटि भन्सार कार्यालयमा भारतिय गाडीहरुकाे सुबिधा पत्र बनाए बापत रकम असुली गरिएकाे पाईएकाे छ।भारत बाट अाउने माेटरसाईकल तथा चार पाङ्रे सवारी साधन नेपालमा प्रबेश गर्न सुबिधा पत्र बनाउदा कर्मचारि ले पैसा लिईरहेकाे साेमनी का अनुज यादवले बताएका छन ।माेटरसाइकलबाट रू १० भारतीय रुपैया तथा ४ पाङ्रे सवारी साधन बाट रु ५० भारतीय रुपैया असुली गरिरहेकाे पाईएकाे छ।नेपाल स रकारकाे निति अनुसार सवारी साधन काे सुबिधा निशुुल्क पाईने प्रावधान रहेता पनि कर्मचारिहरूले मनाेमानि रुपमा रकम लिईरहेकाे स्थानिय बासि हरु गुनासाे गरेका छन ।महेशपुर भन्सार अन्तर्गत रहेकाे त्रिबणी छाेटि भन्सार कार्यालय ,गुठिप्रसाैनी भन्सार कार्यलय, भुजहवा छाेटि भन्सार कार्यालय र बिसुनपुरवा छाेटि भन्सार कार्यालयहरुमा समेत रकम असुलि भईरहेकाे बताईएकाे छ।