भारतीय एस.एस.बीद्वारा सवारीसाधन अावतजावतमा राेक।
नन्दु यादव, पाैष ९ / नवलपरासी | नवलपरासी जिल्लाकाे सिमावर्ती नाका झुलनिपुर नाका बाट ४ पाङ्रे सवारिसाधन अावत जावतमा एस.एस.बी.ले राेकलगाएकाे छ।सिमा क्षेत्रमा रहेका नेपाली नागरिकहरुले भारतमा अाफन्त रहेकाे हुदा अाफन्त कहाँ जान ४ पाङ्रे साधन प्रयाेग गर्न नपाउदा समस्यामा परेकाे बताएका छन।नेपाल भारत बिच राेटि बेटिकाे सम्बन्ध रहेकाे तथा सम्पुर्ण सिमावर्ती जनताका अाफन्त भारत र भारतीयजनताकाे अाफन्त नेपालमा रहेकाे हुदा अावत जावत गरिनु पर्ने बाध्यता रहेकाे छ।नेपाल भारत बिच बैबाहिक सम्बन्ध रहेकाे हुदा सवारिसाधनअावत जावत नहुदा अाफुहरु समस्यमा परेकाे सिमा क्षेत्रका जनताले गुनासाे गरेकाछन ।केही दिनदेखि अावतजावतमा राेक लगाएपछि तत्काल नाका खाेलिनु पर्ने स्थानियबासिले सरकार समछ माग गरेका छन तर भारतीय एस.एस.बि भने याे नाका सरकारीरुपले प्रतिबन्ध रहेकाले खाेल्न नसकिने जनाएकाे छ।झुलनिपुर नाकामा रहेका एस.एस.बि.ले ठुठिबारीनाका र सुनाैली नाका बाट कानुनीरुपले अावतजावत गर्न मिल्ने भएकाेले त्यहि नाका बाट अावतजावत गर्न सबैमा अाग्रह गरेकाे छ।यस्तै रहने हाे भने नेपालकाे धार्मिक स्थल त्रिबेणीमा लाग्ने मेला तथा मदार बाबा मेलामा भक्त श्रध्दालुकाे कम उपस्थिति हुने अनुमान गरिएकाे मदरसा ईस्लामिया कुताबुल कुडिया ६ महलबारीका अध्यक्ष जामलुदिन असारि ले बताउनु भयाे।तर याे नाका केही महिना देखि मात्र अवराेध गरिएकाे छ।