गृहपृष्ठ » अार्थिक, पत्रपत्रीका, मुख्य समाचाररिचार्ज कार्ड छपाई नेपालमा भन्दा विदेशमा सस्तो

रिचार्ज कार्ड छपाई नेपालमा भन्दा विदेशमा सस्तो

September 6, 2015३९९ पटक

२० भदौ, काठमाडौ । नेपाल दूरसञ्चार कम्पनी (टेलिकम)ले रिचार्ज कार्ड छाप्न विदेशी कम्पनीमा भन्दा नेपाली कम्पनीमा महंगो पर्ने जनाएको छ ।

100विदेशी कम्पनीले हाल बजारमा उपलब्ध कार्ड प्रतिगोटा भ्याटबाहेक गत वर्ष ५४ पैसामा छापेकोमा यो वर्ष ४६ पैसामा छाप्दै आएको छ ।

सोही कार्ड नेपाली कम्पनीले गत वर्ष ४४ पैसामा छापे भने यो वर्ष ५४ पैसामा छाप्न सक्ने बताएका छन् ।
टेलिकमले मध्यम तथा तल्लो तहसम्म रिचार्ज कार्डको पहुँच पुर्याउने उद्देश्यले साना दरका कार्ड पनि छाप्ने तयारी गरेको कारोबार दैनिकमा खबर छ ।

हृालसम्म मध्यम तथा तल्लो तहसम्म रिचार्ज कार्डको पहुँच पुर्याउने उद्देश्यले साना दरका कार्ड पनि छाप्ने तयारी गरेको छ । हालसम्म १, २, ५ सय तथा हजार रुपैयाँका कार्ड बजारमा उपलब्ध भए पनि अब भने कम्पनीले २०, ३० र ५० दरका कार्डसमेत बजारमा ल्याउने छ ।

कम्पनीका प्रवन्ध निर्देशक बुद्धिप्रसाद आचार्यकाअनुसार केही समयअघि ५० दरका कार्ड रोकिएकोमा अब पुनः ५० सहित साना दरका कार्ड बजारमा ल्याइनेछ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण