गृहपृष्ठ » देवदह विशेष, राजनीति, विशेष, समचार, समाजसांसद रज्जाकलाई कालो झण्डा प्रदेशनं ।

सांसद रज्जाकलाई कालो झण्डा प्रदेशनं ।

December 25, 2016७०० पटक

पौष १०। देवदह जनअभिमत बिरुद्ध बोल्ने सांसद रज्जाकलाई कालो झण्डा प्रदेशनं ५को विभाजनको पक्षमा अभिव्यक्ति दिएका रुपन्देही क्षेत्र नं १ का सांसद अब्दुल रज्जाक प्रमुख अतिथि रहेको कार्यक्रममा आज आन्दोलित दलहरुले कालोझण्डा देखाए । दलहरुले उनको अभिव्यक्ति पछि उनको प्रमुख आतिथ्यता अस्वीकार गर्दै आएका छन ।15722783_1377013632369475_1964455487_n

देवदह ५ र २ नं वडा जोडने कचरार खोला र बसन्तपुरमा पक्कीपुल सिलन्यास गर्न आएको कार्यक्रममा आन्दोलनकारीले कालो झण्डा देखाएका हुन । उनीहरुले आन्दोलनमा रहेका युवा संघ नेपालका जिल्ला अध्यक्ष दुर्गा तिवारीको दिनदहाडै हत्याभएर शोकमा रहेको अवस्थामा पुल शिलन्यास गर्नु आन्दोलनमाथिको अपमान भएको महसुस गरेको बताएका छन ।

आज बसन्तपुरको कार्यक्रम स्थलमा उपस्थित जनतालाई सम्वोधन गर्दै नेकपा एमाले जिल्ला सदस्य सिद्धिचरण भटराईले आन्दोलनकारी नजिस्काउन र जनताको भावनाको अपमान नगर्न सासद रज्जाकलाई चेतावनी दिए । आयोजक सडक विभागलाई सिलन्यासको अनावश्यक कार्यक्रम ल्याएर आन्दोलनकारी ध्यान मोडने षडयन्त्र नगर्न पनि सजग गराए ।

कांग्रेसले एकपक्षीय फाइदा लिने गरी विकासमाथि राजनीति गरेको आरोप लगाउँदै उहाँले एमाले नेतृत्वका पालामा अर्थमन्त्री बिष्णु पौडेलले विनियोजित गरेको बजेटलाई एमालेको सहमती विना कार्यक्रम तय भएकोमा असन्तुष्टी पनि गरे । कार्यक्रमस्थल पुगेका आन्दोलनकारीले प्रदेश टुक्राउन पाईदैन, शहिद दुर्गा तिवारी अमर रहुन, हत्यारालाई कारवाही गर नारा लगाएर त्यहाँबाट हिडेका थिए ।

कार्यक्रमा नेकपा माक्र्सवादीका राम प्रसाद भटराई, एमाले क्षेत्रिय कमिटी अध्उक्ष निलकण्ठ पौडेल, सचिवाल सदस्य टंक पोखरेल, गुमान केसी, खिमानन्द ज्ञवाली, युवा संघ जिल्ला सचिवालय सदस्य कृष्णराज पौडेल , अनेमसंघ अध्यक्ष सरस्वाती पोखरेल सहभागि हुनु हुन्यो

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण