गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, राजनीतिकेयुकेलमा आफू निकटलाई ल्याउन मन्त्रीद्वारा सदस्य हेरफेर

केयुकेलमा आफू निकटलाई ल्याउन मन्त्रीद्वारा सदस्य हेरफेर

September 6, 2015२३४ पटक

२० भदौ, काठमाडौं । सहरी विकासमन्त्री डा. नारायण खड्काले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को सञ्चालक समितिमा आफ्नो बहुमत पुर्‍याउन तीनजना सदस्यलाई हेरफेर गरेका छन्।

फाइल तस्वीर

केयूकेएल महाप्रबन्धकमा आफू निकटलाई ल्याउने उनको प्रयास बोर्ड सदस्यकै असहमतिका कारण असफल भएपछि मन्त्री खड्काले आफू निकटलाई बोर्ड सदस्य बनाएका हुन् । केयूकेएल महाप्रबन्धक छनोटका लागि आइतबार बिहान सञ्चालक समितिको बैठक बस्ने अन्नपूर्ण पोस्टमा खबर छ।

मन्त्री खड्काले सात सदस्यीय सञ्चालक समितिबाट मन्त्रालयबाट उक्त समितिमा प्रतिनिधित्व गर्दै आएका सहसचिव पदमप्रसाद मैनाली, उपसचिव होमनाथ भट्टराई, काठमाडौं महानगरपालिकातर्फबाट प्रतिनिधित्व गर्ने कार्यकारी अधिकृत रुद्रसिंह तामाङलाई हटाएर आफू निकटका कर्मचारीलाई सदस्यका रूपमा नियुक्त गरेका छन्।

गत बिहीबार मैनालीको स्थानमा मन्त्रालयकै सहसचिव तथा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष रामचन्द्र देवकोटा, भट्टराईको स्थानमा मन्त्रालयका उपसचिव कुमारप्रसाद कोइराला र महानगरपालिकाबाट प्रशासकीय विभागका अधिकृत बद्रीबहादुर खड्कालाई नियुक्त गरेका हुन्।

स्रोतका अनुसार प्रशासकीय अधिकृत खड्का मन्त्री खड्काका नजिकका नातेदार हुन्। मन्त्री खड्काले महाप्रबन्धकमा रुद्र गौतमलाई नियुक्त गर्न सञ्चालक समितिको सदस्य हेरफेर गरेका हुन्। सात सदस्य समितिमध्ये अहिले उक्त समितिमा केयूकेएलका अध्यक्ष सुरेश बस्नेतसहित चारजना मन्त्री खड्का नजिकका मानिन्छन्।

गत भदौ ४ गते बसेको केयूकेएलको सञ्चालक समितिको बैठकले महाप्रबन्धकका लागि आवेदन दिएका तीनजना चन्द्रलाल नकर्मी, रुद्र गौतम र डा. महेश भट्टराईमध्ये गौतमको आवेदन नियमविपरीत परेको भन्दै उनको आवेदन स्वीकार गर्न नसकिने ठहर गरेको थियो। बैठकमा आफ्ना कानुनी सल्लाहकारसहित सहभागी भएका काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख तामाङले केयूकेएलको सेयरधनी सम्झौताको दफा ८ को ‘घ’ अनुसार गौतमको आवेदन अवैध ठहर गरेका थिए।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण