दुई पक्की पुलको शिलान्यासको कार्यक्रम सम्पन्न ।
अमृत लम्साल, पौष ११/ बुटवल। रुपन्देहीको देवदह–५, केरवानी र देवदह–३, वसन्तपुरमा पक्कीपुलको शिलान्यास गरिएको छ । रुपन्देही क्षेत्र नं १ का सांसद अव्दुल रज्जाकले एक कार्यक्रमको बिच पुलको शिलान्यास गर्नु भएको हो। राष्ट्रिय योजना आयोगको करिव १० करोडको लगानीमा बसन्तपुरमा र साढे ७ करोडको लगानीमा केरवानीमा पक्कीपुल निर्माण हुन लागेको हो। ८२.१५ मिटर लम्वाई र ११ मिटर चौडाईमा बसतन्पुरको र ३५ मिटर लम्बाइ र् ११ मिटर चौडाईमा केरवानीको पुल निर्माण हुने गइरहेको हो। करिव साढे २ बर्ष भित्रमै निर्माण कार्य सम्पन्न गर्ने योजना रहेको बसन्तपुरको पुल निर्माणको जिम्मा नागाअर्जुन कन्सट्रकशन कम्पनी प्रा.लि काठमाण्डौले र २ बर्ष भित्र निर्माण कार्य सम्पन्न गने योजना रहेको केरावानीको पुल निर्माण कार्यको जिम्मा मैनाचुली सत्यसाइ अन्जना जे.बि कन्सट्रकशन कम्पनीले पाएको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ। सडक डिभिजन कार्यालय बुटवलका प्रमुख मेघराज मरासिनीको अध्यक्षतामा भएको कार्यक्रममा सांसद अव्दुल रज्जाक, नेपाली काग्रेसका क्षेत्रीय सभापति हिराबहादुर खत्री, माओवादीका प्रजापति सापकोटा, मेघनाथ पौडेल, तिलोत्तमा नगरपालिकाका राजेन्द्र आर्चाय,समाजसेवी हरी काफ्लेले बोल्दै लामो समयदेखी यस क्षेत्रका बासिन्दाहरुले पुल नहुँदा भोग्नु परेको समस्याबाट अब छिट्टै नै मुक्ती पाउने र निर्माण हुन लागिरहेका पुलले देवदह एबम स्थानिय क्षेत्रको आन्तरिक पर्यटनमा पनि सहयोग पुर्याउने धारणा व्यक्त गर्नुभएको थियो। सडक डिभिजन कार्यालय बुटवलका शाखा अधिकृत मुक्ति पाण्डेको सञ्चालन र खुमबहादुर भण्डारीको स्वागतमा सम्पन्न कार्यक्रममा स्थानिय समाजसेवी एबम सर्बसाधारणको उपस्थिती रहेको नेपाली काग्रेसका क्षेत्रीय सभापति हिराबहादुर खत्रीले जानकारी गराउनु भयो।