सिमा क्षेत्रमा अबैधरुपमा मदिरा पसल बढदै,प्रशासन माैन
नन्दु यादव /पुस,११ नवलपरासी / नवलपरासीकाे सिमाक्षेत्रमा बिना अनुपति पत्रकाे मादक पदार्थकाे पसल सन्चालनमा बृध्दि भईरहेकाे छ।लामाे समय देखि मादक पदार्थ तथा लागुपदार्थ दुर्ब्यसनि न्युनिकरण गर्ने उदेश्य ले जिल्ला प्रहरी कार्यालय नवलपरासी तथा अन्य सघ सस्थाले विभिन्न जनचेतना मुलक कार्यक्रम सन्चालन गरिरहदा पनि सिमा क्षेत्रमा झन यस्ता कार्य बढिरहेका छन।केही महिना अगाडि अाउनु भएका प्रहरी प्रमुख राजेन्द्र प्रसाद चाैधरीले जनचेतनामुलक कार्यक्रम सन्चालन गरि रहदै अाउनु भएकाे छ ।सिमा क्षेत्रका मदिरा पसल ब्यपारिहरु कानुनि बिना नै धमाधम मदिरापसल सन्चालनमा ल्याएका छन सरकारकाे नीति अनुसार कुनै पनि पसल सन्चालन गर्दा अनुपति पत्र लिनु कानुनी प्रक्रिया भएतापनि सिमाकाे ब्यापारिहरु अाफु मनपरि पसल सन्चालन गरेका छन ।सिमा क्षेत्र भन्दा ३ कि.मि. भित्र अाफ्नाे देश मा पसल सन्चालन गर्न सरकारकाे नीति छ तर सिमाका छेउमा नै यस्ता धैरै अबैध पसल सन्चालनमा अाउदा पनि प्रशासन माैन छ।सिमा क्षेत्र मा मादक पदार्थ सेवन गरेर चाेरि डकैति, कुटपिट, गालिगलाैज ,हत्या हिसा बढिरहेकाे समयमा नि प्रहरी प्रशाशन मुखदर्शक बनेकाे छ।समय समयमा अनुगमन गरि तत्काल सिमा क्षेत्रबाट हटाउनु पर्नेे मा स्थानिय हरुकाे माग रहेकाे छ।अबैध रुपमा पसल सन्लान गरि दुई देशकाे सम्बन्ध बिग्रिरहेका स्थनिय बासि ले बताएका छन ।यस्ता अबैध पसल खासगरि पकलिहवा ,झुलनिपुर, बसहिया , धर्माैलि, भुजहवा महेशपुर लगायतका सिमा मा सन्चालन छन ।