शिक्षा,स्वास्थ्यबाट मुसहर जाती बन्चित
नन्दु यादव पुस १२ बेलाटारी / नवलपरासी जिल्लाकाे गुठिप्रसाैनी गा.बि.स.काे वडान.३ मुसहरटाेल का मुसहर बासी जनचेतनाकाे अभावमा शिक्षा, स्वास्थ्य,यातायात, ,शुद्ध खानेपानी ,सरसफाईबाट बन्चित रहेका छन। जनचेतनाकाे अभावमा बिगत लामाे समय देखि यी सेवा बाट बन्चित रहेका छन।कुल ४२ घरधुरी रहेकाे याे मुसहर टाेलमा लगभग २५० जनसख्या रहेकाे छ।दिन भरि मुसहरटाेलकाे किनारमा रहेकाे कङ्गलिखाेलामा माछा मार्ने यिनिहरुकाे मुख्य पेशा रहेकाे मुसहरजातीहरु बताउ छन।रात भरि सुत्ने बिहान उठेर खाेलामा माछा मारेर माछा बेचि २ छाक टार्ने यिनिहरुकाे दिनचर्या बनेकाे छ।नत शिक्षा, स्वास्थ्य,सरसफाई ,सन्चार जस्ता कुराबाट कुनै मतलब नभएकाे विभिन्न सस्थाकाे बुझाई रहेकाे छ।बजार र बिरामि परेमा भारतकाे बहुअार बजारमा जाने गरेका छन। खरबाट बनेकाे झुपडिमा बसाेबास गर्दै अाएका मुसहर बासि बिद्युबाट समेत बन्चित रहेकाछन। नेपाल सरकार ले उपलब्ध गराएकाे सम्पुर्ण सेवाबाट बन्चित रहेका मुसहरहरुमा बिभिन्न सघसस्थाले जनचेतनामुलक कार्यक्रम सन्चालन गरिरहदा केही हद सम्मकाे प्रभावकारी बनेकाे छ ।सरकारी तवरबाट जनचेतनामुलक कार्यक्रम सन्चालन गरिनु जरुरी रहेकाे छ।