गृहपृष्ठ » अार्थिक, पत्रपत्रीका, मुख्य समाचारसेयर कारोबारमा पनि भ्याट, एक साताभित्र दर्ता गर्न ब्रोकरलाई आग्रह

सेयर कारोबारमा पनि भ्याट, एक साताभित्र दर्ता गर्न ब्रोकरलाई आग्रह

September 6, 2015३९३ पटक

VAT-Logo२० भदौ, काठमाडौं । सरकारले सेयर कारोबारमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने भएको छ । मुलुकमा भ्याट कार्यान्वयनमा आएको १८ वर्षपछि सेयर कारोबारमा भ्याट लगाउन कसरत गरिएको हो ।

भ्याट लगाउन कर कार्यालयले सेयर ब्रोकरलाई एक साताको समय दिएर अनिवार्यरुपमा दर्ता हुन पत्र काटेको छ । ब्रोकर दर्ता भएपछि लगानीकर्तासँग भ्याट असुलिनेछ । भ्याटको भार अन्तिममा उपभोक्तामा पुग्ने अन्नपूर्ण पोस्टमा खबर छ ।

कर कार्यालयको निर्देशनअनुसार भ्याट कार्यान्वयन भएमा सेयर कारोबारीले हाल तिर्दै आएको बाहेक १३ प्रतिशत थप कर तिर्नुपर्ने हुन्छ । कारोबारमा लगाइने भएकाले सेयर किन्दा र बिक्री गर्दा दुवैपटक भ्याट तिर्नुपर्छ । खरिदबिक्री गर्दा एक जना लगानीकर्ताले भ्याटबापतमात्रै २६ प्रतिशत कर तिर्नुपर्ने हुन्छ ।

यद्यपी कसरी कार्यान्वयन गरिने भनेर मोडालिटी भने बनेको छैन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण