गृहपृष्ठ » देवदह विशेष, समचार१७ औ अध्यक्षमा पुन: केशबराज शर्मा पराजुली

१७ औ अध्यक्षमा पुन: केशबराज शर्मा पराजुली

December 28, 2016२७१ पटक

अमृत लम्साल, पौष १३ / देवदह। जनप्रिय मा.वि. देवदह भलुहीको बिद्ययालय व्यवस्थापन समितीको सदस्य भेलाले व्यवस्थापन समितीको १७ औ अध्यक्षमा पुन केशबराज शर्मा पराजुलीलाई चयन गरेको छ। 15749891_10154862003744800_2064335253_nआज बसेको सदस्य भेलाले पराजुलीको अध्यक्षतमा अभिभावक तर्फबाट सदस्यमा टेक बहादुर वि क,ओम कुमारी चौधरी, बिष्णु थापालाई र शिक्षक तथा बुद्धिजिवी तर्फबाट मोहन जि.सि र सपना रोका गरी जम्मा ६ सदस्य कार्यसमिती गठन गरेको बिद्यालयका प्र.अ गायत्री खरेलले जानकारी गराउनु भयो। १७ औ अध्यक्षता ग्रहण गर्दै पराजुलीले आफुलाई सदस्य समिती, अभिभावक, सिक्षक र सिङगो समाजले भरोसा गरेर पुन अध्यक्षमा चयन गरेकोमा धन्यवाद दिदै सम्पूर्णबाट सहयोगको अपेक्षा सहित आफ्नो कार्यकालमा बिद्यालयको सैक्षिक,  भौतिक एबम सामाजिक बिकासको लागि आफु कटिबद्द रहने प्रतिबद्दता जाहेर गर्नु भयो।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण