गृहपृष्ठ » आफ्नै खबर, समचार, समाजअझै पनि राेकिएन भारतीय उखु नेपाल भित्रिन

अझै पनि राेकिएन भारतीय उखु नेपाल भित्रिन

December 28, 2016३७३ पटक

नन्दु यादव, पुस१३ बेलाटारी / । जिल्लाकाे सिमापारि भारतबाट दिनानुदिन नेपालमा उखु भित्रिरहेकाे छ ।भारतबाट उखु नेपालमा अाउदा कुनै चासाे प्रशासन ले लिएकाे छैन ।अहिले मूल्य नताेकेकाे अवस्थामा नेपाली किसान अन्याैलमा रहदा भारतीय किसानहरु धमाधम उखु नेपालमा ल्याई बेचिरहेका छन ।भारतीय उखुबाट यहाँ क्रसरहरु सन्चालनमा रहेका छन ।भारतिय उखु नेपालमाअाउदा भुजहवा भन्सारकाे कर्मचारि रु ५०प्रति टायर लिईरहेकाे भारतीय किसान महेन्द्र पासिले बताएका छन त्यस्तै गरि सिमामा रहेका प्रहरीचाैकिका प्रहरी प्रति टायरकाे रु२० देखि३० रुपैया भारतीय पैसा लिईरहेकाे किसानहरु बताएका छन। ईटहिया, महेन्दापुर चटिया ,लक्ष्मीपुर लगायतका ठाउबाट सिमा नाका बसहिया रभुजहवा नाकाबाट धमाधम उखु नेपालमा अाईरहेका छन ।गेहु, मसुराे लगाउने समय अाएकाेले अाफुहरु उखु काटेकाे महेन्दापुरकाे नेवास हरिजनले बताउनु भयाे।भारतिय उखुकाे कारण नेपालमा मूल्य अाउनमा समेत समस्या भएकाे किसानहरु बताउछन ।भारतीयहरु ले रु३७० देखि रु४२० सम्मकाे मुल्यमा नगद भुक्ताननी लिई अाउदैरहेका छन।दिन काे २० देखि ५० टायर सम्म उखु भुजहवा र बसहिया नाकाबाट भित्रिरहेकाे छ।सरकारले तत्काल भारतीय उखु नेपालमा भित्रिनमा राेक लगाउनुपर्ने नेपाली किसानकाे माग रहेकाे छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण