प्रहरीले दुख दिएकाे गुनासाे ।।
नन्दु यादव,पुस१५ /नवलपरासी।नवलपरासीकाे सिमा क्षेत्रमा जनताहरुलाई प्रहरीले चरम दुख दिईरहेकाे स्थानिय जनताले गुनासाे गरेका छन ।सिमा क्षेत्रमा रहेका प्रहरीहरुले सामान चेकजाचगर्ने नाममा अामजनतालाई दुख दिईरहेका भुजहवा ,बसहिया,महेशपुर लगायतका ठाउमा रहेमा स्थानिय बासिले बताएका छन ।सिमावर्ति ठुठिबारी ,लक्ष्मीपुर ,रेगहिया, बहुअार लगायतका बजारबाट सामान्य सामान लिएर अाउदापनि प्रहरीले घन्टाै सम्म चेक गरि दुख दिएकाे बताईएकाे छ।अझ साना समान पनि किनेर ल्याउदा सिमा मा खटेका प्रहरी जवान केही चियापानकाे लागि पैसा दिनु नत्र सामान भन्सार चलान गरिदिन्छु जस्ता धम्काई पैसा लिई सामान छाेडिरहेकाे पिडित ले बताएका छन।नेपाल भारत बिच राेटि बेटि सम्बन्ध रहेकाे हुदा भारतकाे ठुठिबारी, निचलाैल ,बहु अार लगायतका बजार हरुमा नेपालकाे परासी बर्दघाट ,कावासाेति, चितवन लगायतका हजाराै नेपाली हरु बजार गर्न भारत जाने गर्दछन।नेपाल सरकारले अामजनतामा सुरक्षा र शान्ति प्रदान गर्नकाे लागि खटाएकाे प्रहरीले जनता लाई सेवा दिनु अामजनताकाे माग रहेकाे छ।