गृहपृष्ठ » मुख्य समाचार, विशेष, समचार, समाजकिशोरिहरुले गरे राष्ट्रपतीलाई अनुरोध ।

किशोरिहरुले गरे राष्ट्रपतीलाई अनुरोध ।

December 30, 2016५३२ पटक

अमृत लम्साल, पौष १५/बुटवल। १९ बर्ष मुनीका किशोरिहरुको एक समुहले ग्रामीण क्षेत्रको बर्तमान शिक्षा तथा सामाजिक समस्याहरु समाधानको लागि राष्ट्रपती बिद्यादेवी भण्डारीलाई अपिल गरेको छ । हिजो राष्ट्रपती भवन शितलनिवासमा आयोजित एक अन्तरक्रिया  कार्यक्रमका बिचमा ग्रामीण क्षेत्रको शिक्षा तथा सामाजिक समस्याहरुको बारेमा तयार पारीएको ९ मिनेटको डकुमेन्ट्री पर्दशन गर्दै  राष्ट्रपतीलाई  अपिल गरेको हो।unnamed-1 १९ बर्ष भन्दा मुनीका किशोरिहरुको समुह साथी सञ्जालको आयोजना तथा सुनगाभा सामुदायिक बिकास केन्द्रको संयोजनमा २१ सदस्य टोलीले भण्डारीलाई प्रत्यक्ष भेटघाट गरी दिर्घकालीन समाधानका लागि अनुरोध गरेको हो । साथी सञ्जालका समिरुन निशा दर्जी, भवी क्षेत्री, बिष्णु वि.क, सर्मिला वि.क लगायतका १० किशोरिहरुले राष्ट्रपतीलाई आफु लगायतका ग्रामीण भेगका किशोरिहरुले भोग्दै आएका बाल विवाह, घरेलु हिंसा धर्म र संस्कृतिका नाममा हुने अन्धविश्वास र यसको सिकार आफुहरु हुनु परेको बताउदै ग्रामीण क्षेत्रको बर्तमान शिक्षा अवस्थाको बारेमा जानकारी गराएका थिए। किशोरिहरुको अनुरोधलाई सम्बोधन गर्दै राष्ट्रपती भण्डारीले रुपन्देही, नवलपरासी र कपिलवस्तु लगायत देशको बिभिन्न भागमा यि समस्याहरु यथावत नै रहेको बताउदै राजनीति अस्थिरता र समयमै स्थानिय चुनाव हुन नसक्नुकै यस्ता समस्याहरु समाधान हुन नसक्नुको मुल कारण भएको धारणा व्यक्त गर्नु भयो। अन्तराष्ट्रिय जगतमा बिज्ञान र प्रबिधीको बिकास तिब्र भएको बेला नेपाल अझै पनि अन्धविश्वासकै जालमा अल्झीरहदा आँफु अन्त्यतै दुखी भएको भन्दै स्थानिय संघ,संस्था लगायत सम्बन्धित निकायहरु सँग छिटोभन्द छिटो समन्वय गरी उद्रित समस्याहरुको दिर्घकालीन समाधानको लागि पहल गर्ने जानकारी गराउनु भयो। १९ बर्ष मुनीका किशोरिहरुको समुह साथी सञ्जालको जोश, जागर र प्रयासलाई प्रसंशा गर्दै आफ्नो साथ र सहयोग सधैं रहने बताउदै आवश्यक परेको खण्डमा घर दैलो सम्मपनी उपस्थित भएर ग्रामीण भेगका किशोरिहरुले भोगेका समस्या एबम शैक्षीक गुणस्तरका लागि सधैंब पहल गर्ने प्रतीबद्धता जाहेर गर्नु भयो। सुनगाभा सामुदायिक बिकास केन्द्रका सल्लाहकार दिनानाथ आचार्य, भुमिश्वर ढकाल, संयोजक गोपाल बहादुर केसी र स्ट्रोम फाउण्डेशनका बिजया गोदारको सहभागीता रहेको अन्तरक्रिया कार्यक्रमको सञ्चालन साथी सञ्जालका सल्लाहकार इन्द्रु परियारले गर्नु भएको सुनगाभा सामुदायिक बिकास केन्द्रका क्षमता अभिबृद्धी उत्प्रेरक राज कुमार क्षेत्रीले जानकारी गराउनु भयो।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण