गृहपृष्ठ » देवदह विशेष, धर्म सस्कार, समचारतमु ल्होसार पर्व भब्यताका साथ मनाइयो

तमु ल्होसार पर्व भब्यताका साथ मनाइयो

December 31, 2016४२९ पटक

कमला अर्याल देवदह पुष १६ । तमु ल्होसार गुरुङ्गहरुको मात्र नभइ राष्ट्रिय पर्व भइसकेको तमु हयुल छोंज धि गुरुङ्ग राष्ट्रिय परिषद केन्द्रीय निर्देशन अनुगमन समितिका सदस्य भिमप्रसाद गुरुङ्गले बताउनु भएको छ । उहाले आफनो भाषा, धर्म र संस्कृतिको संरक्षण गर्नका लागि सम्पूर्ण गुरुङ्गहरु एकजुट हुनु पर्ने बताउनु भयो । तमु ल्होसारको अवसरमा तमु हयुल छो.ज धि नगर समिति देवदहद्धारा आयोजत बादर बर्गको विदाई र चरा वर्गको स्वागत एवम ल्होसारको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो । सदस्य गुरुङ्गले ओझेलमा परेका जनजातिहरुको हक अधिकार प्राप्ति र धर्म, संस्कृति संरक्षणका लागि यस्ता खाले कार्यक्रमले सहयोग पु¥याउने बताउनु भयो। नगर समिति अध्यक्ष टौबहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेशप्रसाद घिमिरे, नेकपा एमालेका जिल्ला सदस्य यम राना, माओवादी केन्द्रका जिल्ला सदस्य प्रजापति सापकोटा, नेपाली कांग्रेस देवदह नगर समितिका सभापति गुनाखर भूर्तेल, माओवादी क्रान्तिकारी देवदहका संयोजक ऋषिराम लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टी देवदहका अध्यक्ष ऋषिराम रेग्मी, राष्ट्रिय जनमुक्ति पार्टी देवदहका अध्यक्ष्ँ डम्बरबहादुर थापा, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष पदम थापा, रेडीयो देवदहका स्टेशन म्यानेजर रमेश पोख्रेल, देवदह उद्योग वाणिज्य संघका उपाध्यक्ष मिना श्रेष्ठ, देवदह मगर संघका उपाध्यक्ष शोभा थापा, थारु कल्याणकारिणी देवदहका सचिव दिनेश चौधरी, कुमाल समाज देवदहका कृष्ण कुमाल लगायतले बोल्नु भएको थियो । नगर उपाध्यक्ष बमबहादुर  गुरुङ्गको स्वागत, सचिव विद्यालक्ष्मी गुरुङ्ग र देवराज गुरुङ्गको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण