गृहपृष्ठ » मुख्य समाचारहन्टा भाईरसले संखुवासभामा ३ बालबालिकोको ज्यान लियो ।।

हन्टा भाईरसले संखुवासभामा ३ बालबालिकोको ज्यान लियो ।।

September 6, 2015१२८ पटक

भाद्र, २० संखुवासभा
हन्टा भाइरसबाट संखुवासभाका तीन बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा धुपु गाविस–५ की ८ वर्षीया कल्पना सुवेदी, पावाखोलाका वर्ष १३ वर्षीय दीपक राई र नुमका चार वर्षीय एक बालक छन ।

images
खाँदबारी अस्पतालमा निको नभएपछि रिफर गरिएका उनीहरुमा बिपी कोइराला बिज्ञान प्रष्ठिानले रोगको लक्षण र प्रकृति हेर्दा हन्टा भाइरस भएको जानकारी खाँदबारी अस्पताललाई दिएको बताईएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाका प्रमुख डाक्टर मदनकुमार उपाध्यायले मुसाको दिसापिसाव र जुठो खाएमा तथा मुसो खेलाएर सरसफाइ नगरेमा यो रोग सर्ने बताउनुभएको छ । शुरुमा ज्वारो आउने, टाउको दुख्ने, मृगौला, मुटु र फोक्सो सुन्निएर पुुरै शरीर सुन्निने लक्षण देखा पर्ने उहाँले बताउनुभयो । बिपी प्रतिष्ठानले रोगको लक्षण अनुसार हन्टाभाइरस भएको जनाएको छ ।
बिपीले यो भाइरसबाट पाँच जनाको मृत्यु भएको रिपोर्ट स्वास्थ्य मन्त्रालयमा पठाएको छ । प्रतिष्ठानका अनुसार रोगीहरु संखुवासभा र भोजपुरका बढी रहेका छन् । अन्नपूर्ण अनलाईनले खबर लेखेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण