गृहपृष्ठ » देवदह विशेष, समचारयोजना तर्जुमा सम्बन्धि नगर स्तरीय बाल भेला सम्पन्न

योजना तर्जुमा सम्बन्धि नगर स्तरीय बाल भेला सम्पन्न

December 31, 2016२७० पटक

कमला अर्याल देवदह पुष १६ । आर्थिक बर्ष २०७४/०७५ को लागि योजना तर्जुमा सम्बन्धि नगर स्तरीय बाल भेला सम्पन्न भएको छ । भेलामा बालबालिकाहरुले देवदहमा लागुपदार्थ दुव्र्यसनी रोक्थान गर्न कार्यक्रमहरु योजना गर्नुपर्ने बताएका छन । त्यस्तै बालबालिका÷विद्यार्थीहरुले देवदहलाई वालमैत्री नगरपालिका घोषण गर्नका लागि विद्यालयमा बालमैत्री एवम अपाङ्गमैत्री विद्यालय सञ्चालनका लागि नगरपालिकाले पहल गर्नुपर्ने बताएका थिए । बालबालिकाले तयार गरेको योजनामा विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्नुपर्ने साथै वडा तथा नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गर्न माग गरेका थिए । उनीहरुले वालबालिकालाई उदघोषण तालिमा पनि उपलब्ध गराउनुपर्ने लगायतका मागहरु नगरपालिका समक्ष राखेका छन । देवदह नगर बाल सञ्जालका अध्यक्ष बबिता भट्टराईको अध्यक्षता र नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै नगर अधिकृत घिमिरेले बालबालिकाको क्ष्ँेत्रमा देवदह नगरपालिकाले सक्दो काम गर्दै आएको र आगामी दिनमा पनि गर्दै जाने बताउनु भयो । भेलामा देवदह नगर बाल संरक्षण समितिका सदस्य त्रिलोचन दाहाल, बाबुराम बस्नेत, कञ्चन दर्पण साप्ताहिकका सम्पादक गणेश डुम्रे लगायतले बोल्दै बालबालिका राष्ट्रको भविष्यको नभइ वर्तमानको कर्णदार भएको बताउदै बालबालिकाले अवसर पाएमा जस्तो सुकै कार्य गर्न सक्ने बताएका थिए । नगर बाल सञ्जालका फोकल पर्सन गंगाप्रसाद पन्थीको स्वागत र सामाजिक परिचालक दिपेश बस्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण