गृहपृष्ठ » देवदह विशेष, समचार, स्वास्थ्यभलुही खानेपानीले गर्‍यो ज्ञवालीको विदाई

भलुही खानेपानीले गर्‍यो ज्ञवालीको विदाई

January 1, 2017४८० पटक

केशव पराजुली, पौष १७/ देवदह। खानेपानी तथा सरसफाई डीभिजन कार्यालय योगीकुटी रुपन्देहीका डीभिजन प्रमुख शंकर ज्ञवाली लाई भलुही खानेपानी तथा सरसफाई संस्था भलुहीले एक कार्याक्रमका बीच बिदाई गरेको छ। रुपन्देहीबाट खानेपानी तथा सरसफाई डीभिजन कार्यालय ललितपुर काठमाडौ सरुवा भएका ज्ञवाली बिगत ३ वर्ष देखि रुपन्देहीमा कार्यरत थिए। भलुही खानेपानीका अध्यक्ष गोविन्द बहादुर कुँवरको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि समेत रहेका ज्ञवालीले भलुही खानेपानीका अध्यक्ष लगायत पदाधिकारीको लगनशिलता र दुवै कार्यालय बिचको समन्वयकारी भूमिकाबाट भलुही खानेपानीले छोटो समयमा नै राम्रो प्रगति गरेको बताएका थिए। संस्थाका सचिव केशव भट्टराईको संचालन र उपाध्यक्ष राम प्रसाद सापकोटाको स्वागतमा भएको कार्याक्रममा संस्थाका सल्लाहकारहरु हिरा बहादुर खत्री, ॠषिराम सापकोटा लगायतले ज्ञवालीलाई सम्पूर्ण रुपन्देहीबासी कै तर्फबाट हार्दिक धन्यवादका साथमा भलुही खानेपानी तथा सरसफाइ संस्थाको सधैंब प्रगतीको लागि आफ्नो साथ र सहयोग रहने धारणा व्यक्त गर्नु भएको थियो।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण