गृहपृष्ठ » देवदह विशेष, साहित्यकवि श्याम न्यौपानेको कविता “समय”

कवि श्याम न्यौपानेको कविता “समय”

January 1, 2017५०७ पटक

 

शीर्षक : समय

जब मैले
शिरको टोपि फुकाले भने,
अनि मुरी उब्जने खेतमा
गनाहुने झार रोपे भने,
पक्कै
मेरो शिर र भूमिमा
रजाइ गर्ने तिम्रो हाँड हाँस्नेछ
र पुलकित हुनेछ तिम्रो मुटु ।

जसरी
मेरो नाड्गो छातीमा,
बारम्बार प्रहार भइरहेको छ।
जसरी
मेरो सगरमाथा आधा झुक्न
बाध्य पारिएको छ ।
अनि फेरी प्रश्न रु
कोशी
गण्डकी
कर्णालीले बाटो किन बिराए रु
सिंहदरबारका कुकुरहरु
किन रत्यौली मात्र भट्याइरहेका रु
सीमामा किन एकोहोरो शड्खको
ध्वनी सुनिन्छ रु
हो,
जब मैले नागरिकता च्याते भने,
जब मैले पृथ्वी र महेन्द्र विरुद्ध
धारे हात उठाए भने ,
यहाँ उत्सव मनाइनेछ

केहि केहि थान गाइहरु
सहीद हुनेछन् ।

यद्धपि,
केहि रुपियासंग
साटिदैछ चन्द्र सूर्य,
निस्तेज पारिदैछ मेरो
कन्दरामा गुनगुनाउने भाकाहरु,
हो,
यदि मैले गुँरास फूल्ने डाँडाँमा
आगो लगाए भने ,
उकाली र ओराली गर्ने पाइतालाहरुमा
फलामे साड्गा बेरे भने ,
पुनस्
दक्षिणपट्टीबाट केहि
जन्तुहरु उल्लासको गित गाउनेछन्
९ मुन्नी बद्नाम हुइ र मुन्नी बद्नाम हुइ ०

केहि पण्डितहरु
जसले मन्दिर र धर्म झोलामा बोकि
भट्याउनेछन् एक थान
सामराज्यवादका चोपिला भजनहरु ।

परन्तु ,
समय फेरिएको छ
शिरको टोपि अब झर्नेछैन
न आगो लगाइनेछ मेरो भकारीमा ।

आऊ
मेरो च्यातिएको चन्द्र सूर्य सिलाउ
फलामे साड्गला तोड
राताम्य फूल्न देउ गुँरासलाई ।

किनकी,

समयले कोल्टे फेरिसक्यो
आऊ
उठ
हेर
सुन
बुझ
आजको समय तिम्रो हो
समय तिम्रो साथमा छ ।

कवि श्याम न्यौपाने13177564_984489241669803_353941647673521360_n
देवदह रुपन्देही

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण