गृहपृष्ठ » देवदह विशेष, समचारझोलुङ्गे पुल उद्धघाटन

झोलुङ्गे पुल उद्धघाटन

January 2, 2017३१९ पटक

कमला अर्याल,देवदह।  रुपन्देहीको क्षेत्र नं १ पटखयाैली गाविसकाे ॐ सतियामाइ गाैरि र क्षेत्र नं २ काे हाटि फर्साटिकर वाड नं ६ लाई जाेडने गरि निर्माण भएको पुलको एक कार्यक्रमका बीच उदघाटन गरिएको छ । पुलकाे सांसद एवम नेपालि कांग्रेसका जिल्ला सभापति अब्दुल रज्जाकले उदघाटन गरिएको हाे । पुलकाे उदघाटन गर्दै सांसद रज्जाकले पुल निर्माण गर्न जिविसले सहयाेग गरेकाेमा धन्यवाद दिदै अागामि दिनमा पनि साे क्षत्रमा विकास निर्माणका कार्यहरु गर्दै जने बताउनु भयाे । जिल्ला बिकास समितिको ९० लाखकाे लगानिमा अर्थिक बर्ष २०७२/०७३  काे याेजनामा निर्माण गरिएको पुल ॐ सतियामाइ सामुदायिक झोलुङ्गे पुल उपभोक्ता समितिको प्रतकक्षय राेहवरमा करिब १ बर्ष भित्रनै सप्पन्न गरिएको बताएको छ । ॐ सतियामाई सामुदायिक झोलुङ्गे पुल उपभोक्ता समितिका अध्यक्ष नागेन्द्र सिंह चाैधरिकाे अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला बिकास समितिका इन्जिनियर हिमार्जुन पाण्डे, नेपाली कांग्रेसका क्षेत्रिय सभापति हिराबहादुर खत्री, संघिय समाजवादि फाेरमका जिल्ला सदस्य जयप्रकाश यादव, रामनरेश आदर्स उच्च माबिका प्राचायृ नारायण ित्रपाठी, पटखाैलि  गाविसका सचिव माेहसुर अालाम लगायतले बोल्दै अबका दिनमा स्थानियलाइ अावतजावत गर्न सहयोग पुगेको भन्दै खुशि व्यक्त गरेका थिए । स्थानिय समाजसेवि मदन पोख्रेलको स्वागत र बैजनाथ साहनिकाे संचालनमा कार्यक्रम सप्पन्न भएको थियो।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण