५३ लाख बराबरकाे याेजना तर्जुमा सम्पन्न।
नन्दु यादव, पुस१९ ,नवलपरासी साेमनी गा.बि.स. मा ५३ लाख बराबरकाे याेजना तर्जुमा सम्पन्न। जिल्लाकाे सिमावर्ती गा.बि.स. साेमनी मा ५३ लाख बराबरकाे याेजना तर्जुमा सम्पन्न गरेकाे छ।अगामी अार्थिक बर्ष २०७४/७५ काे अगामी बर्षकाे लागि कुल ५३ लाख बराबरकाे याेजना तर्जुमा गरिएकाे छ।
गा.बि.स. सचिव प्रशुराम यादव काे अध्यक्षतामा सम्पन्न कार्यक्रममा खास गरि शिक्षा, स्वास्थ्य , सडक, खानेपानी , महिला, युवा, बालबालिका लगायतका क्षेत्रमा प्रस्ताबित याेजनातर्जुमा गरिएकाे गा.बि.स. सचिव प्रशुराम यादव ले जानकारी दिनु भयाे।कार्यक्रममा विभिन्न राजनैतिकदलका प्रतिनिधि,सघसस्थाकाे प्रतिनिधि,महिला समूह ,युवा,बालबालिका पत्रकारलगायत का प्रतिनिधिहरुकाे सहभागिता रहेकाे थियाे।कार्यक्रममा नेपाली काग्रेसका रिसिदेव पटेल, रबिस यादव,भानुप्रसाद चाैधरी, पन्चम हरिजन लगायतले बाेल्नु भएकाे थियाे।कार्यक्रम सहजकर्ता सुरेन्द्र हरिजनले सन्चालन गर्नु भएकाे थियाे।