सडक कालाेपत्रे नहुदा स्थानियबासिमा सास्ती
नवलपरासी पुस२१ । जिल्लाका दक्षिणी भेगमा रहेकाे भुजहवा देखि खैरहनीसम्मकाेे रहेकाे कच्ची सडक कालाेपत्रे नहुदा स्थानिय बासि सास्ती खेप्नुपरेको छ। भुजहवा, ठुलाेखैरेटवा, साेमनी र प्रतापपुर गा .बि. स. सग जाेडिएकाे लगभग ७ किलाेमिटर रहेकाे याे कच्ची सडक अहिले सम्म कालाे पत्रे हुन सकेकाे छैन।क्षेत्र न ६ मा रहेका लगभग धेरै सडक कालाेपत्रे भईसकेका छन ।सिमा सग जाेडिएकाे याे सडक मा बस ,ट्रक जिप, बाेलेराे जस्ता सवारी साधन समेत सन्चालन रहेका छन ।सवारी साधनले सन्चालन याे कच्ची सडकमा धुलाे बढेकाे र मानिस लगायत जीवजनावरहरुमा समेत प्रत्यक्ष रुपमा प्रभाव पारिरहेकाे भुजहवाका सुनिल यादब ले बताउनु भयाे। धुलाे ले गर्दा घरमा रहेका खाना , कपडामा धुलैधुलाे बनाएकाे ले अाफुहरु समस्या मा रहेकाे यादवले भन्नू भयाे।लामाे समय देखि यश क्षेत्रका भु पु भाैतिक याेजना तथा निर्माण मन्त्री हृदयेश त्रिपाठीले याे सडक कालाेपत्रे बनाउने अाश्वासन दिनुभएकाे थियाे तर उहाकाे पालामा बन्न नसकेकाे स्थानियले गुनासाे गरे। त्यसैगरि बर्तमान सासद देवकरण कलवार याे सडकलाई अाफुले कालाेपत्रे गराउने बताउनु भएकाे छ।