गृहपृष्ठ » देवदह विशेषबालबालिका प्रतियोगिता सम्पन्न

बालबालिका प्रतियोगिता सम्पन्न

January 6, 2017२५७ पटक

कमला अर्याल देवदह पुष २२ । रुपन्देहीको देवदहमा स्वास्थ्य बालबालिका प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा क्रियन थापा प्रथम, प्रतिक पौडेल द्धितीय, प्रज्जवल गुरुङ्ग तृतीय, सारिया पोख्रेल सान्तवना भएको आयोजकले जनाएको छ । नेपाल अविनाश सामाजिक सेवा संस्था देवदहको अयोजना, युनाइटेड मिसन टु नेपालको सहयोग र देवदह उपस्वास्थय चौकीको व्यवस्थापनमा उक्त प्रतियोगितामा सम्पन्न भएको हो । संस्थाका कार्यक्रम संयोजक प्रशंशा भरको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगितामा देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरे, जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका जनस्वास्थ्य निरिक्षक कृष्ण पौडेल, देवदह व्यापार संगठनका अध्यक्ष गोविन्द ठड्राई, सिनियर अहेव अधिकृत रिमवहादुर दिशा, ताराप्रसाद खनाल लगायतले बोल्दै वालवालिकालाई स्वस्थ राख्न वालवालिकाको खानपान र सरसफाइमा ध्यान दिनुपर्ने बताएका थिए । उनीहरुले वालवालिकालाई शारिरीक र मानसिक रुपमा निरोगि राख्नका लागि अभिभावकले घरको वातावरण राम्रो राख्नु पर्ने बताएका थिए । देवदह स्वास्थय चौकीका प्रमुख जयकिशन अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण