मिलमा कार्यरत कर्मचारीको कार्यालयको छतबाट खसेर मृत्यु ।।
नन्दु यादव,पौष २२ /गोपिगंज। बाग्मति खड्सारी सुगरमिल मा कार्यरत एक कर्मचारीको कार्यालयको छतबाट खसेर मृत्यु भएको छ। नवलपरासीको कुडिया ८ स्थित सुगरमिलमा कार्यरत कुडिया ९ पथरकलवा बस्ने बर्ष २० का सुनिल गुप्ता मिलको छतबाट खसेर यहीपौष १७ गते का दिन दिउसो ३ बजे घाईते भएका थिए । उनको टाउकोमा गम्भिर चोट लागेको थियो । कार्यालयमा कार्यालय सहयोगीको रुपमा कार्यरत गुप्तालाई उपचारका लागि भैरहवा मेडिकल कलेज लगिएको थियो । टाउकोमा चोट लागेर गम्भिर घाईते भएका उनको टाउकोको सल्यक्रिया सम्पन्न भैसेके पछाडी उपचारको क्रममा बिहिबार अपहन्न ४ बजेको समयमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक महेश्वर उपाध्या ले जानकारी दिनुभयाे। मृतक गुप्ताको उपचार खर्च का साथै अन्य क्षतिपुर्ति पनि बाग्मती खाड्सारी मिलले नै व्यहोर्ने मिलले जनाएको छ ।