गृहपृष्ठ » मुख्य समाचार, समचारसञ्जालको अध्यक्षमा भट्टराई।

सञ्जालको अध्यक्षमा भट्टराई।

January 7, 2017३८२ पटक

अमृत लम्साल,पौष २३/ बुटवल। किशोर किशोरीहरुको समूह साथी सञ्जाल रुद्रपुर, रुपन्देहिको प्रथम अधिवेशन आज सम्पन भएको छ। राज क्षेत्रीको संयोजनमा गठित ३ सदस्यीय निर्वाचन समितिले सञ्जालको ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। सञ्जालको नव गठित कार्यसमितिको अध्यक्षमा रितिका भट्टराई, उपाध्यक्षमा शिल्पा क्षेत्री, सचिवमा शुष्मा पौडेल, सह-सचिवमा कला थापा,कोषाध्यक्षमा बिष्णु वि.क र सद्स्यहरुमा क्रमश : सबिता शर्मा,मनिषा कुवर, र कमला क्षेत्रीलाई चयन गरेको हो। सञ्जालको निर्वतमान अध्यक्ष बिष्णु वि.क को अध्यक्षता र सुनगाभा सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक गोपाल के.सी को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रेम बहादुर वि.क को बिशिष्ट आतिथ्यता रहेको थियो। नया कार्यसमितिको अध्यक्षता ग्रहण गर्दै सञ्जालको अध्यक्ष रितिका भट्टराईले आफु माथी सञ्जालले गरेको बिश्वावस प्रती आभार प्रकट गर्दै सम्पुर्णको साथ र सहयोग पाएको खण्डमा सञ्जालले आगामी दिनमा थप सक्रियताका साथमा किशोर किशोरीहरुलाई सशक्त बनाउन सक्ने धारण व्यक्त गर्नु भएको थियो। बिभिन्न संघ सस्थाका प्रतिनिधिको उपस्थिति रहेको कार्यक्रममा बिभिन्न किसिमका मनोरञ्जन प्रस्तुति रहेको थियो। सञ्जालको सचिव सुष्मा पौडेलको सञ्चालन सम्पन्न भएको कार्यक्रममा बोल्दै सुनगाभा सामुदायिक विकास केन्द्रका अध्यक्ष प्रेम बहादुर वि.क लगायतले सञ्जालको बिकासमा आफुहरुको सधैं साथ रहने प्रतिबद्धता जाहेर गर्नु भएको सुनगाभा सामुदायिक विकाश केन्द्रका क्षमता अभिवद्धि उत्प्रेरक राज कुमार क्षेत्रीले जानकारी गराउनु भयो।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण