गृहपृष्ठ » देवदह विशेष, मुख्य समाचार, समचारदेवदहमा १५ दिने सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न ।

देवदहमा १५ दिने सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न ।

January 8, 2017५८५ पटक

कमला अर्याल । पुष २४ । रुपन्ददेहीको देवदहमा सञ्चालित १५ दिने सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न भएको छ । सो अवसरमा बोल्ने वक्ताहरुले तालिममा सिकेका ज्ञान व्यवहारमा उर्तान सकेमात्र तालिमको औचित्य हुने बताएका थिए । उनीहरुले शिक्षा र चेतनाको कमीले गर्दा महिलाहरु विदेशि भूमिमा बेचिनु परेको भन्दै शिक्षा र तालिम प्राप्त गरि महिलाहरु स्वरोजगार बन्न आवश्यक रहेको बताएका थिए ।15967218_1340176552700146_1686103600_o चेली सञ्चार केन्द्रका अध्यक्ष कमला अर्यालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा देवदह नगरपालिकाका नासु विष्णुप्रसाद बस्याल, नेपाली कांग्रेसका महासमिति सदस्य पार्वती न्यौपाने, कांग्रेसका जिल्ला सदस्य बासुदेव रिमाल, नेकपा एमालेका देवदह नगर कमिटि सचिव केशव भट्टराइ, देवदह जेसीजका अध्यक्ष जेसी विजय गु्रङ्ग, एमालेका वडा अध्यक्ष शोभाखर ढकाल, लगायतले आ–आफना भनाइ राख्नु भएको थियो । देवदह जेसीजका स्र्पोटस चियर पर्सन विशाल गुरुङ्गको स्वागत, जेसी दुर्गा दाहालको धन्यवाद ज्ञापन र चेली सञ्चार केन्द्रका सचिव सरस्वती बस्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । चेली सञ्चार केन्द्र र देवदह जेसीजको संयुक्त आयोजनामा सञ्चालित तालिममा ३५ जना प्रशिक्षर्थीहले तालिममा सहभागिता जनाएका थिए । तालिमको प्रशिक्षक दिपा गुरुङ्ग र अञ्जना श्रेष्ठले सहजीकरण गर्नु भएको थियो ।

15942895_1340176652700136_1599423181_o 15943391_1340176522700149_685239321_o

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण