नकुल पौडेलको “गजल”
बालापन कहिल्यै आउदैन फर्केर बिचार गर
बिश्वास नलागे गुडिया किनेर बिचार गर
यो दुनिया कत्तिको स्वार्थी छ अनी थाहा हुनेछ
एकछिन मरेको अभिनय गरेर बिचार गर
कति सजिलै भन्छौ हाँस्दैमा के जान्छ र
एकपटक मेरो ठाँउमा उभिएर बिचार गर
सियो बनेर छिर्नेहरू फालि बनेर निस्किन्छन
दिल दिनु अगाडी बहुत सोचेर बिचार गर
नकुल पौडेल
देवदह २, रुपन्देही