सुस्ता बन्यो बिहारीको भट्टी
रबिन शर्मा चापागाई / बेला बेलामा चर्चामा आइरहने नवलपरासीको बिबादित क्षेत्र भारतीय बिहारीहरुको भट्टी झैँ बनेको छ | बिहार सरकारले बिहारमा मदिरा बेच्न प्रतिबन्ध गरेपछि बिहारका सराबिहरु सुस्ता आउने र आफुलाई चाहिने परिमाणमा रक्सि पिउने र लैजाने गरेको पाइएको छ | बिहार जाने गण्डक ब्यारेजमा नेपाल तर्फ सशस्त्र प्रहरी र भारतमा एस एस बि को कडा सुरक्षा रहने भएकोले ठोकर नम्बर ५ मा नारायणी नदिबाट डुंगामा दैनिक १०० कार्टुन मदिरा सुस्ता पुग्ने गरेको छ | नेपालमा ३० रुपैया नेपालीमा बिक्री हुने गरेको मदिरा बिहारीहरूले ३० रुपैया देखि ४० रुपैया भारु सम्ममा किनेर पिउने / लैजाने गरेका छन् |मदिरा बिक्रीबाट सुस्ता बासीको आर्थिक स्तरमा केहि सुधार हुने भएपनि आपराधिक क्रियाकलाप बढ्न सक्ने अनुमान गर्न सकिन्छ | खुले आम मदिराको ओसारपसार भइरहदा पनि स्थानीय सरोकारवाला निकाय मौन रहेका छन् |