गृहपृष्ठ » कृषि, विशेष, समचारतरकारी खेती सम्बन्धी तालिम सम्पन्न ।

तरकारी खेती सम्बन्धी तालिम सम्पन्न ।

January 13, 2017२८ पटक

 रविन शर्मा चापागाई ,२९ पुस २०७३ नवलपरासी जिल्लाको जहदा गाबिसमा हिंउदे तरकारी खेती सम्बन्धी एक दिने कृषक अभिमुखिकरण तालिम सम्पन्न भएको छ । 16107060_1976048952622548_936030002_oजहदा गाँउ बिकास समितीको आयोजना भएको कार्यक्रममा वागबानी बिकास अधिकृत बाल गोबिन्द त्रिपाठीले मुख्य प्रशिक्षक र लम्जुङ कृषि क्याम्पसका बिध्यार्थी सुजन ज्ञवाली र राजेन्द्र पन्तले सहायक प्रशिक्षकको भुमिका निर्बाह गरेका थिए । जहदा गाबिसका सचिव एबम अध्यक्ष गणेश कुमार पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ५० जना कृषकहरुको उपस्तिथी रहेको थियो । कार्यक्रममा कृषकहरुलाई आधुनिक कृषि पद्दती झोल मल बनाउने ,घरेलु बिषादी बनाउ प्रशिक्षण गरिएको थियो भने सहभागी किसानलाई निशुल्क बीउ बिजन र कृषि सम्बन्धी पत्रीका बितरण गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले आगामी दिनमा पनि यस्ता कृषि सम्बन्धी कार्यक्रमको यस गाबिसमा आवस्यकता रहेको र प्रशिक्षकलाई धन्यवाद समेत ज्ञापन गर्नुभएको थियो ।

16106850_1976051875955589_36665137_o 16106798_1976048549289255_507603030_o 16010329_1976044885956288_1063966801_o 16010132_1976046972622746_1105854394_o 15991964_1976048485955928_1340510118_o 15991641_1976044629289647_1597759364_o

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण