गृहपृष्ठ » मुख्य समाचार, विशेष, समचारचर्चित गायक यम बुद्धको निधन ।

चर्चित गायक यम बुद्धको निधन ।

January 14, 2017५२७ पटक

yama Buddha 1

१ माघ, लण्डन । यमबुद्धका नामले चिनिने नेपालका चर्चित र्‍याप गायक अनिल अधिकारीको निधन भएको छ ।

हाल लण्डनमा रहेका अधिकारी शनिबार उनी आफ्नो बाथरुममा मृत भेटिएका हुन्।

२९ बर्षीय गायक आफ्नी पत्नी सहित लन्डनमा बस्दै आएका थिए ।

प्रहरीले घटनाबारे अनुसन्धान थालिसकेको र बुधबार पोष्टमार्टम भएपछि मात्र थप जानकारी आउन सक्ने लण्डनमा रहेका अधिकारीका साथीहरुले जानकारी दिएका छन् ।

हाल उनको नेपालस्थित परिवारसाग सम्र्पक भइरहेको र उनको शवलाई नेपाल लैजाने वा नलैजाने भन्ने बिषयमा यकिन भइनसकेको उनीहरुले जानकारी दिए ।

२९ बषिर्य अधिकारी आफ्ना फ्यानहरुवीच यमबुद्धका नामले परिचित थिए । सामाजिक संजाल र युट्युवमा उनका लाखौं फ्यान छन् । उनले केही महिनापछि नयाँ एल्बम ‘खतरा’ निकाल्ने तयारी गरिरहेको बताइएको छ ।

उनको चर्चित गित साथी ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण