गृहपृष्ठ » मुख्य समाचारसीमाङ्कनको बिरोधमा आज सम्म भएको आन्दोलनमा २९ जनाको मृत्यु ।।

सीमाङ्कनको बिरोधमा आज सम्म भएको आन्दोलनमा २९ जनाको मृत्यु ।।

September 6, 2015१३५ पटक

काठमाण्डौ, भाद्र २० –
सीमाङ्कनप्रति विरोध जनाउँदै देशका विभिन्न भागमा भएका हिंसात्मक घटनामा १० सुरक्षाकर्मी सहित २९ जनाको मृत्यु भएको सरकारले जनाएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले सुरक्षा कारबाहीमा १७ र बाटो हिँडेका दुई आन्दोलनकारी आक्रमणमा परी मारिएको जानकारी दिनुभयो । मुलुकको शान्ति सुरक्षा र तराई–मधेसको स्थितिबारे सदनलाई जानकारी गराउँदै उहाँले दुई वर्षे दूधे बालकलाई गोली हानेर मार्नेदेखि सुरक्षाकर्मीलाई ज्यूँदै आगो लगाएर मार्नेसम्मका नेपालको इतिहासमा आजसम्म नभएका बर्बर एवम् अति अमानवीय आक्रमण भएको टिप्पणी गर्नुभयो । सुदूरपश्चिम, मध्यपश्चिम, मध्यमाञ्चल र पूर्वाञ्चलका तराई क्षेत्रका विभिन्न भाग तथा जुम्ला, कैलालीको टीकापुर, बर्दिया, रौतहट, बारा, पर्सा, सप्तरीलगायत धेरै स्थानमा आन्दोलन शान्तिपूर्ण भए पनि केही स्थानमा अराजक र हिंसात्मक घटना भएको गृहमन्त्री गौतमको भनाई थियो । यसैबीच, व्यवस्थापिका–संसद्को आजको बैठकमा विकास समितिका सभापति रवीन्द्र अधिकारीले ‘विकास समितिको वार्षिक प्रतिवेदन, २०७२’ पेस गर्नु भयो । त्यसैगरी प्रधानमन्त्री सुशील कोइरालाका तर्फबाट कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिलामन्त्री नरहरि आचार्यले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २२, २३ र २४ औँ वार्षिक प्रतिवेदन’ पेस गर्नुभयो । उहाँले ‘महान्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन २०७०÷७१’ पनि प्रस्तुत गर्नुभयो । त्यस्तै अर्थमन्त्री डा रामशरण महतले ‘महालेखा परीक्षकको ५१ र ५२औँ वार्षिक प्रतिवेदन’ पेस गर्नुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण