बित्तिय साक्षरता तथा लेखा ब्यबस्थापन तालिम सम्पन्न
रबिन शर्मा चापागाई ०५ माघ २०७३जिल्ला कृषि सहकारी संघ नवलपरासीको आयोजना र oxfam GB नेपालको बिशेष सहयोगमा ३ दिने बित्तिय साक्षरता तथा लेखा ब्यबस्थापन तालिम रामनगरको भुमहिमा सम्पन्न भएको छ । संघका अध्यक्ष उपेन्द्रमान प्रधानको सभापतीत्व डिभिजन सहकारी कार्यालय नवलपरासीका प्रमुख बुद्द प्रकाश पौडेलको प्रमुख आथिय्यतामा उद्घाटन भएको कार्यक्रममा ,डिभिजन सहकारी प्रमुख पौडेल ,सहकारी शिक्षक खुबिराम पोखरेल , जिल्ला पशु सेवा कार्यालय न.प का प्रमुख शिव प्रकाश आचार्य, साना किसान बिकास बैक बुटवल इलाकाका प्रमुख शेर बहादुर चौधरी,रामग्राम नगरपालिकाका इन्जिनियर शतिस कुमार गुप्ता , मालपोत अधिकृत टिकाराम ज्ञवाली , आन्तरिक राजश्व कार्यालय बुटवलका कर अधिकृत ,सुरज बिश्वकर्मा ,सुरज ढुंगाना ,मेघ ब. थापा र घरेलु तथा साना उध्धोगका प्रमुख नन्दलाल पौडेल लगायतले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा नवलपरासीका २७ वटा कृषि सहकारी संस्थाका ३५ जना प्रतिनिधिको उपस्थिती रहेको थियो ।