न्यानो माया अभियान
उज्यालो सम्बाददात/ माघ ८ ।
नवलपरासीको पक्लिहवा गाबिस वडा न.३ मुसहर टोलमा बिवेकशिल नेपाली नवलपरासी र बिवेकशिल नेपाली रुपन्देहीको संयुक्त आयोजना न्यानोमाया अभियान अन्तगर्त करिब ७० घरधुरी भएको गाऊमा महिला,बृद,बालबालिकाहरुलाई कम्बल,जैकेट,स्वीटर लगायतका न्यानो कपडाहरु बितरण गरिएको छ ।न्यानो माया स्वरूप विवेकशील नेपाली भारतका सदस्यहरुले पनी भारतको राजधानी दिल्ली बाट न्यानो लुगा लगायत कम्बल हरु संकलन गरी पठाउन माँ सहयोग गर्नु भएको सदस्य कृष्ण भट्टराईले बताउनु भयो । मुसहर टोलका बालबालीकाहरु न्यानो कपडा नहुदाँ चिसो मौसममा विध्यालय जान छाडेको र शिक्षा बाट बन्चित हुदै गएपछि सो ठाउमा न्यानो कपडा बितरण हुदा बालबालिकाहरु खुशी भएको भट्टराईले बताउनुभयो। पक्लिहवा प्रहरी चौकीका ईन्चार्ज कुल बहादुर क्षेत्रीको प्रमुख अथित्यता , मधेश युवा विकास मन्च पक्लिहवाका भानु प्रसाद चौहानको अध्यक्षता रहेको थियो । बितरण कार्यक्रममा निल घिमिरे ,गोपाल शर्मा, बिष्णु राज रेग्मी, अशिष भण्डारी, सागर न्यौपाने, मनिष पाण्डे, खेमराज गिरी ,सुवाष भण्डारी, सरद पाण्डे लगायत हरुको उपस्थिति रहेको थियो भने विवेकशील नेपाली नवलपरासी र् रुपन्देही का साथी हरु को सक्रीय सहभागिता थियो । पक्लिहवा स्थित गाउमा बस्दै आएका दलित तथा अत्यन्तै गरिब मुसहर जातका बालबालिकाहरु चिसो मौसममा न्यानो कपडा नहुदाँ बिध्यालय जान छाडेका संजय कुशवाहाले बताउनुभएको छ । अगामि दिनहरुमा पनि यो क्रम जारी रहने अभियानका सदस्य शरद पाण्डेले बताउनुभएको छ ।