गृहपृष्ठ » विशेष, समचारकृषि बिकास बैककाे शाखा कार्यालय क्षेत्र न६ मा हुनुपर्ने ।

कृषि बिकास बैककाे शाखा कार्यालय क्षेत्र न६ मा हुनुपर्ने ।

January 22, 2017२८३ पटक
नन्दु यादव ,माघ८ बेलाटारी/ कृषि बिकास बैककाे शाखा कार्यालय क्षेत्र न६ मा हुनुपर्ने माग। देश बिकास मा कृषि बिकास बैंक काे महत्त्व रहेकाे हुदा कृषि बिकास बैक काे शाखा कार्यालय क्षेत्र न६ काे बेलाटारी स्थापना गरिनु पर्नेमा स्थानिय बासिले माग गरेका छन।लामाे समय देखि किसानहरुकाे कृ16195639_539962639548288_805636468700850205_nषि काममा लगानी गर्दै अाएकाे कृषि बिकास बैक बर्दघाट ले यश क्षेत्र मा शाखा खाेलिनु पर्ने किसानहरुकाे माग रहेकाे छ। सिमा क्षेत्र बाट लगभग ४० कि. मि. दुरिमा रहेकाे बैकमा अावतजावत निकै कठिन रहेकाे बैदाैलीका राम जि सिह ले बताए ।बैकबाट लगानि लिन र ब्याज बुझाउन ४० कि. मि. दुरि पार गरेर जान निकै समस्या खेप्नु परेकाे स्थानिय किसानहरु ले बताएका छन । नेपाल सरकार काे स्वामित्व मा रहेकाे कृषि बिकास बैंक ले ब्यवसायिक र किसानहरुकाे विभिन्न कामकाे लागि लगानी गर्दै अाएकाे लगानी उपलब्धि मुलक रहेकाे बताईकाे छ।यश क्षेत्रमा कृषि बिकास बैक नहुदा पहुचबाट टाढा रहेकाे कतिपय जनता विभिन्न सस्था बाट चर्काे ब्याजमा पैसा निकालि ब्यवसाय तथा कृषि काम गरिनु पर्ने बाध्यता रहेकाे छ।कृषि बिकास बैंक मा ११% देखि १३% मात्र ब्याज लाग्दछ भने अन्य प्राईभेट बैंक हरुमा १८%देखि २०% सम्मकाे ब्याज लिईरहेका छन।अझै समयमा प्राईभेट बैंक बाट समयमै काम नहुनु तथा राजनिति पहुच नहुनु जस्ता जनतालाई ऋण पाउन नसकेकाे स्थानियहरु बताउछन । क्षेत्र न.६ का १ लाख५० हजार जनता रहेका छन।समयमा पैसा नहुदा स्थानिय साहु महाजनबाट चर्काे ब्याजमा ऋण निकालि गर्जाे चलाउनु पर्ने बाध्यता रहेकाे छ। यसकारण याे क्षेत्रमा कृषि बिकास बैककाे शाखा कार्यालय खाेलिनु पर्ने अावश्यक देखिन्छ ।
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण