प्रदिपको ” गजल”
उचाल्न बेर लागेन पर्छान बेर लागेन!
बनाउन बेर लाग्यो बिगार्न बेर लागेन!
मैले बर्शौ लगाएर खिपेको यो जिन्दगी,
प्रिया किन तिमिलाई उधार्न बेर लागेन!
एक चोटि मुस्कुराउन यो ओठ तड्पिरह्यो,
यी आँखा लाई आँसु झार्न बेर लागेन!
मन जोड्न युग पर्खियौ तिम्ले र मैले,
जोडेको मन टुक्राटुक्रा पार्न बेर लागेन!
जमानाले आवरणको सुन्दरता खोज्यो,
रोदनलाई शरीर सिँगार्न बेर लागेन!
©प्रदिप रोदन
गोरखा