गृहपृष्ठ » आफ्नै खबर, राजनीतिसुस्ताकाे समस्या संसद भवनमा

सुस्ताकाे समस्या संसद भवनमा

January 26, 2017६२० पटक

नन्दु यादव,नवलपरासी। नवलपरासीका सासद देवकरण कलवार( सन्तु) ले अाज ससद भवनमा सुस्ताकाे बारेमा जानकारी गराउनु भएकाे छ।लामाे समय देखि चर्चा काे बिषयमा रहेकाे सुस्ता काे समस्याकाे बारेमा ससदभवनमा समय लिई सुस्ताकाे बिषयमा सरकारलाई ध्यानकर्षण गराउनु भएकाे हाे ।भारतियबाट सुस्ताअतिक्रमण,नारायणी नदिमा निर्माण हुन गईरहेकाे झाेलुङेपुलमा भारतिय अवराेध,सुस्ता काे तटबन्धमा भारतिय अवराेध लगायतका बिषयमा सरकार लाई जानकारी गराउनु भएकाे थियाे।सुस्तामा स्वास्थ्य ,शिक्षा ,खानेपानी सन्चार ,यातायात, बजार लगायतका समस्या रहेकाे छ । नेता कलवारले क्षेत्रमा रहेकाे उखु खेतिकाे समस्या र भुक्तानीकाे समसस्यालाई सरकार अबिलम्ब समाधान गर्नु पर्नेमा जाेड दिनु भएकाे थियाे ।ससदमा बाेल्दै कलवारले गण्डक क्षेत्रमा भइरहेकाे बाध र ठाेक्कर निर्माण कार्य भारतीय पक्ष काे जिम्मेवारीमा भईरहेकाे बल्क निर्माण,तथा ठाेक्कर निर्माण गुणस्तरहिन भईरहेकाे हुदा नेपाल सरकार ले जिम्मेवारी लिई गुणस्तरकार्य अगाडि बढाउनु पर्ने वहाकाे माग रहेकाे छ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण