गृहपृष्ठ » धर्म सस्कार, मुख्य समाचार, विशेषमाघी अाैशी मेला त्रिबेणीमा शुरु।

माघी अाैशी मेला त्रिबेणीमा शुरु।

January 26, 2017५९२ पटक

नन्दु यादव ,माघ१३ ,बेलाटारी । त्रिबेणीमा हरेक साल जस्तै लाग्ने माघी अाैशिकाे अवसरमा याे साल पनि मेला शुरु भएकाे छ।मेला अाज देखि सुरु भई भाेली माघ १४ गते सम्म सन्चालन हुन्छ।नेपाललगायत भारत ,बिहारकाे भक्त श्रध्दालु हरुकाेअाज देखि अाउने क्रम जारि छ।त्रिबेणीधामकाे नारायणी नदिमा स्नान गर्दा विभिन्न प्रकारका राेगहरु निकाे हुने र अाफुले चिताएकाे मनकामना पूरा हुने धार्मिक बिश्वास रहेकाेछ। मेलामा दर्शकहरुकाे उल्लेखिनिय भिड हुने यश बर्ष ५ लाख भक्त श्रध्दालुहरुकाे उपस्थिति हुने मेला अायाेजकले  अनुमान गरेकाे छ। मेला लाई सभ्य र भब्य बनाउन का लागि नेपाल प्रहरी २ सय शशस्त्र प्रहरी९४ जना ट्राफिक प्रहरी ४० जना र स्थानिय स्वयसेवक ७० जना गरि कुल ४ सय ४ जना सुरक्षा कर्मि खटाईएकाे माघी मेला ब्यवस्थापन समितिका सयाेजक बेलप्रसाद भण्डारी ले बताउनु भयाे ।मेलामा सुरक्षा,प्रचार प्रसार,खानेपानी ,सुचना तथा सन्चार ,मेला ब्यवस्थापनका लागि११ वटा उपसमिति गठन गरिएकाे छ।मेलामा ११ वटा अस्थाई शाैचालय ,निशुल्क स्वास्थ्य शिविर र १ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएकाे अायाेजक ले जनाएकाे छ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण