गृहपृष्ठ » हाम्रा कार्यक्रमहरुदेवदह व्यापार संघले आयोजना गरेको तेस्रो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको उद्घाटन ।

देवदह व्यापार संघले आयोजना गरेको तेस्रो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको उद्घाटन ।

January 26, 2017४०९ पटक

माघ १३ । देवदह व्यापार संघले आयोजना गरेको तेस्रो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको उद्घाटन संविधान सभाका पुर्व अध्यक्ष सुवासचन्द्र नेम्वाङले गर्नु भएको छ ।

16265962_574922576038969_5991960948996232901_nमाघ १३ गते देखि २४ गते सम्म सञ्चालन हुने महोत्सवको मुल आयोजक समितिका संयोजक कोष बहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य लिला गिरी, नेकपा माओवादी केन्द्रका पोलिट व्यूरो सदस्य हक्की उल्लाह खां, नेपाली काग्रेसका महासमिति सदस्य जीवलाल पराजुली, देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरे, देवदह नगर विकास समितिका अध्यक्ष डिल्लीराज मरासिनी, नेकपा एमालेका जिल्ला सदस्य प्रकाश अर्याल, नेपाली काग्रेसका जिल्ला सदस्य वासुदेव रिमाल, देवदह खानेपानीका नमराज पुरी, उद्योग बाणिज्य संघका गोपाल ढकाल, उद्योग व्यापार संगठनका गोविन्द ठड्राई, तिलोत्तमा व्यापार संघका जेवि कडेल, गाउ वन समन्वय सञ्जालका खेमनारायण अधिकारी, वडा नागरिक मञ्चका निर्मला चौधरी लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।

प्रभात फेरी देवदहको खैरेनी देखि विभिन्न झाकी सहीत विभिन्न संघ संस्थाहरु, सामुदायिक वनहरु, विद्यालयहरु सहित शुरु भएको रयाली कार्यक्रम स्थलमा पुगेर सभामा परिणत भएको थियो । ठाकुर प्रसाद गौतमको स्वागत र माधव ढकाल, यम रानाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै सहमतिमा निर्माण गरेको संविधान कार्यान्वयनको लागि सवै दल एक ठाउमा उभिनु पर्नेे संविधान सभाका पुर्व अध्यक्ष सुवासचन्द्र नेम्वाङले बताए । नेम्वाङले संविधान कार्यान्वयनको लागि निर्वाचनको कुनै विकल्प नभएको हुदा संविधानले तोकिएकोे समयसिमा भित्र ३ वटै तहको निर्वाचन गर्नुपर्नेमा जोड दिए । नेम्वाङले युवा संघ नेपालका अध्यक्ष दुर्गा तिवारीको कायरता पुर्वक हत्या गरेको भन्दै अपराधीलाई तत्काल कानुनी कार्वाही गर्नुपर्नेमा जोड दिए ।

16143214_433479463650318_174751813597118226_n 16174711_433477190317212_3301531874307741488_n 16195991_433479486983649_3947402726040828285_n 16298690_574922739372286_2980823813123449020_n

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण