गृहपृष्ठ » हाम्रा कार्यक्रमहरु“Selfie In Devdaha 2073” एक नौलो अनि पृथक प्रतियोगिता ।

“Selfie In Devdaha 2073” एक नौलो अनि पृथक प्रतियोगिता ।

January 26, 2017४०३ पटक

“Selfie In Devdaha 2073”

“उज्यालोमा देवदह”

देवदहको आन्तरिक एव बाह्य पर्यटनको विकासमा सहयोग पुयाउदै देवदहका धार्मिक तथा एतिहासिक स्थलहरुलाइ राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा पुर्याउने उद्देश्यले देवदह व्यापार संघले यहि मिति २०७३ माघ १३ गते देखि २४ गते सम्म देवदह घोडहा स्थित प्रर्दशनी स्थलमा आयोजना गर्न गइरहेक तेर्सो राष्ट्रिय देवदह औधोगिक व्यपार मेला, कृषी तथा पर्यटन महोत्सव २०७३ अन्तर्गत पर्यटन विकास तथा पर्वद्धन उपसमितिको समन्वय, देवदह व्यपार संघको आयोजना, उज्यालो लाल्टिन प्रतिष्ठानको संयोजन तथा कञ्चन दर्पण साप्ताहिकको सहयोगमा सामजिक सञ्जाल फेसवुकबाट Selfie_in_Devdaha _2073 अन्तर्गत “उज्यालोमा देवदह“ बिषयक प्रतियोगिता कार्यक्रम गर्ने योजना बनाएको जानकारी गराउदछौ । यस प्रतियोगितामा देवदहका धार्मिक एबम एतीहासिक स्थलहरु जस्तै भवानीपुर, पाकरी बृक्ष, बैरी माइ, कन्यामाइ, देवदह ताल, रोहिणी नदि, खयर डाँडा, देवदह गेट लगायतका ठाउँहरुलाई समावेश गरेका छौ । यस प्रतियोगितामा सामाजिक सञ्जाल प्रयोग गर्ने जो कोहीले पनि सहभागीता जनाउन सक्नु हुने छ ।

प्रतियोगिताका नियमहरु :

– यस प्रतियोगितामा सहभागीताको कुनै शुल्क लाग्ने छैन ।

– प्रतियोगितामा सहभागी हुन पर्दशनी स्थल भित्र रहेको पर्यटन बिकाश तथा पर्वद्धनको स्टलमा उपलब्ध र्म माघ १३ देखि १५ गते सम्ममा भरी आफ्नो नाम दर्ता गराउनु पर्ने छ ।

-फर्म भरेपछी उज्यालो लाल्टिन प्रतिष्ठानले देवदहका धार्मिक तथा ऐतीहासिक ठाउँ मध्यको एक ठाउँ प्रत्येक प्रतियोगीलाई दिने छ । “गोलापर्था द्वारा”

– प्रतियोगीले प्रतिष्ठानले दिएको ठाउँमा माघ १६ देखी १७ गते सम्ममा पुगेर त्यो ठाउँसंग आफ्नो एउटा सेल्फी फोटो खिचेर उक्त ठाउँको बारेमा आफुलाई जानकारी भएको तथा स्थानियलाई सोधपुछ गरेर उक्त ठाउँको बारेमा कम्तीमा १०० शब्दमा बर्णन गरेर उज्यालो लाल्टिन प्रतिष्ठानलाई प्रतिष्ठानको आधिकारिक फेसबुक पेज, ईमेल ulfoundation2073@gmail.com वा प्रतिष्ठानको खैरेनी चोकमा रहेको केन्द्रिय कार्यलयमा माघ १८ गते साझ ५ बजे सम्ममा उपलब्ध गराउनु पर्नेछ ।

– ठाँउको वारेमा विवरण हस्त लिखित, नेपाली फन्टमा टाईप्ट वा ईमेल/फेसवुक मार्फत पठाउँदा नेपाली युनिकोडमा टाइप गरेको हुनुपर्ने छ ।

– माघ १९ गते बिहान १० बजे सम्ममा प्रतियोगीले उपलब्ध गराएको फोटो र लेख पोस्ट गर्न लाएक भएको खण्डमा “अश्लील एबम अपशब्द प्रयोग नभएमा“ प्रतिष्ठानले आफ्नो अधिकारिक फेसबुकमा पोस्ट गरेर प्रतियोगीलाई Link उपलब्ध गराउने छ र प्रतियोगीले आफ्नो फोटो र लेखमा माघ २१ गते राती १२ बजे सम्ममा अधिक्तम लाईक जुटाउनु पर्ने छ ।

– माघ २२ गते साझ ५ बजे सम्ममा लाईक काउन्ट तथा निर्णायक समितीको निर्णय बमोजिम प्रतीष्ठानले नतिजा प्रकाशित गर्ने छ ।

– माघ २३ गते पर्दशनीको सास्कृतिक कार्यक्रमको मञ्चबाट 1st, 2nd र 3rd लाई पुरस्कृत गर्ने छ ।

– प्रतियोगीहरुले कुनै पनि Software को प्रयोग गरेर Autolike मार्फत आफ्नो फोटो र लेखमा लाईक बढाउन पाउने छैनन त्यसो गरेको खण्डमा प्रतियोगितालाई प्रतियोगिताको बिचबाट नै हटाइने छ ।

– प्रतियोगीले माघ १६ देखी १७ गते भित्र तोकिएको स्थानमा गएर फोटो खिच्नु पर्ने छ पुराना फोटो प्रतियोगितामा समावेश गरिने छैन ।

-प्रतियोगीतामा एकल सहभागीता हुनुपर्ने छ ।

– फोटो एकल हुनुपर्ने छ ।

– फोटो आफ्नो र तोकिएको ठाउँ प्रष्ट्र देखिनु पर्ने छ ।

– बिशेष निर्णय लिने अधिकार आयोजक, सह- आयोजक र निर्णयक समितीमै सिमित रहने छ ।

– प्रतियोगिताको मुल्याङकन ७०% फेसबुकको लाईक र ३०% निर्णायक समितीको निर्णय बमोजिम हुनेछ ।

प्रथम पुरस्कार रु ५००० तथा प्रमाणपत्र
द्धित्तीय पुरस्कार रु ३५०० तथा प्रमाणपत्र
तृत्तीय पुरस्कार रु २५०० तथा प्रमाणपत्र

आयोजक
देवदह व्यपार संघ,

सहयोगी संस्था
कञ्चन दर्पण साप्ताहिक

संयोजन
उज्यालो लाल्टिन प्रतिष्ठान

सम्पर्क :
उज्यालो लाल्टिन प्रतिष्ठान
मोबाइल : 9857059271
इमेल : ulfoundation2073@gmail.com
www.ujyaalolalteen.com

16299374_618193595048125_5828851387151952003_n

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण