गृहपृष्ठ » मुख्य समाचार, समाज, स्वास्थ्यमहिलाहरुको पाठेघर र स्तन क्यान्सरको प्रारम्भिक परिक्षण तथा रोकथाम अभियानमा साथी

महिलाहरुको पाठेघर र स्तन क्यान्सरको प्रारम्भिक परिक्षण तथा रोकथाम अभियानमा साथी

January 28, 2017६१९ पटक

उज्यालो सम्बाददाता/माघ १५, रुपन्देही । ग्रामीण भेगका महिलाहरुले लामो समयदेखी उपचारको अभाबमा भोग्दै आएका स्वास्थ्य समस्यालाई निर्मुल पारी स्वास्थय समाज निर्माणमा टेवा पुर्याउने उद्देश्यले महिलाहरुको पाठेघर र स्तन क्यान्सरको प्रारम्भिक परिक्षण तथा रोकथाम कार्यक्रम संम्पन्न भएको छ।16343724_1313825255345179_774088308_n लायन्स क्लब अफ बुटवल तिलोत्तमा, लायन्स क्लब अफ बुटवल तिलोत्तमामायादेवी, लियो क्लब अफ तिलोतम्मा, जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देही, बुटवल उप-महानगरपालिका, जिल्ला विकास समिति रुपन्देही, नेपाल परिवार नियोजन संघ, नेपाल आयुर्वेध रोग निवारण सस्था रुपन्देहीको आयोजना तथा नेपाल अस्ट्रेलियन सरभाईकल क्यान्सर फाउन्डेसन NACCF को प्राबिधिक सहयोग र साथी संजालको संयोजनमा रुद्रपुर गाविसको प्राङगढमा उक्त कार्यक्रम सम्पन्न भएको हो। स्त्री रोग बिशषज्ञ डा.कस्तुरी मल्लबाट परिक्षण गरिएको कार्यक्रममा रुद्रपुर,साडी,जोगडा,विष्णुपुरा र सूर्यपुरा गरि ४०८ जना महिलाहरुले पाठेघर र स्तन क्यान्सरको प्रारम्भिक परिक्षण गराएका थिए। जस मध्य संक्रमित १४८ जनालाई निशुल्क औषधी वितरण गरिएको थियो। रुद्रपुर गा.वि.स, रुद्रपुर स्वास्थ्य चौकी र सुनगाभा सामुदायिक विकास केन्द्रले सहयोग गरेको उक्त कार्यक्रमा लायन्स क्लब अफ बुटवल तिलोत्तमाका अध्यक्ष रंजन कसजु र लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवीकी अध्यक्ष सुलोचना श्रेष्ठको संयोजकत्वमा ४० सदस्यी टोली फिल्डमा खटिनु भएको थियो। अझै पनि ग्रामिण भेगका महिलाहरुमा लुकेर रहेका समस्याहरु धेरै भएका र त्यसैको लागि गाउ गाउमा गएर यस्ता सिविर संचालन गरिरहेको कार्यक्रम संयोजक पुरुषोतम प्रधानले बताउनु भयो। माघ १५ गते रुद्रपुर, माघ १६ गते रायपुर र माघ १७ गते बुटवल देवीनगरमा संचालन हुने शिविरमा लायन महेन्द्र अमाच्य र प्रबिना सिहंले मूल संयोजकको भुमिका निर्वाह गरिरहनु भएको सुनगाभा सामुदायिक विकाश केन्द्रका क्षमता अभिवद्धि उत्प्रेरक राज कुमार क्षेत्रीले जानकारी गराउनु भयो।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण