गृहपृष्ठ » मुख्य समाचार, स्वास्थ्यतीन दिने शिविर समापन कार्यक्रम सम्पन्न

तीन दिने शिविर समापन कार्यक्रम सम्पन्न

January 31, 2017४७९ पटक

उज्यालो सम्बाददाता, माघ १८, बुटवल। महिलाहरुको पाठेघर र स्तन क्यान्सरको प्रारम्भिक परिक्षण तथा रोकथाम शिविर हिजो एक औपचारीक कार्यक्रम बिच समापन भएको छ ।लायन्स क्लब अफ बुटवल तिलोत्तमा, लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवी, लियो क्लब अफ तिलोतम्मा, जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देही, बुटवल उप-महानगरपालिका, जिल्ला विकास समिति रुपन्देही, नेपाल परिवार नियोजन संघ, नेपाल अर्वुदरोग  रोग निवारण सस्था रुपन्देहीको आयोजना तथा नेपाल अस्ट्रेलियन सरभाईकल क्यान्सर फाउन्डेसन NACCF को प्राबिधिक सहयोग र साथी संजालको संयोजनमा आयोजित तीन दिने निशुल्क शिविरको हिजो बुटवल देवीनगर स्थित प्रगती नि.मा.वि को प्राङगढमा आयोजित औपचारिक कार्यक्रम बिच समापन भएको हो । लायन्स कल्ब अफ तिलोत्तमा मायाँदेवीका अध्यक्ष सुलोचना क्षेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमा बोल्दै NACCR का डा. कस्तुरी मल्ल, लायन्स कल्ब अफ तिलोत्तमाका अध्यक्ष रजन कसजु, बुटवल उप─महानगरपालिकाका अधिकृत दामोदर ज्ञवाली, लियो कल्ब अध्यक्ष चिरन्जीवी क्षेष्ठ, लायन्स कल्ब डिष्ट्रिक्ट ३२५ B2 का रिजन चेयर र्पशन संगिता क्षेष्ठ, , लायन्स कल्ब डिष्ट्रिक्ट ३२५ B2 का जोन चियर र्पशन पुरुषोतम प्रधान,लायन्स कल्ब डिष्ट्रिक्ट २३५ B2 का LLDP सारदा क्षेष्ठ, प्रगती नि. मा.वि का प्रधानध्यापक शिव कुमारी अर्याल लगायतका व्यक्ताहरुले सफल रुपमा सम्पन्न तीन दिने शिविरले स्तन तथा पाठेघर क्यान्सर हुनु पहिले नै क्यान्सरबाट कसरी बच्ने भन्ने बारेमा जनचेतका फैलाएको र आर्थिक रुपमा कम्जोर, अशिक्षित तथा स्वास्थ्य चौकी एबम अस्पातल सम्म पुग्न असक्षम ग्रामीण भेगका महिलाहरुको स्तन तथा पाठेघरको क्यानसरको रोकथाम तथा निशुल्क उपचार भएको र यसले एउटा स्वास्थ्य समाज निर्माणमा ठुलो भुमीका खेल्ने भन्दै यस्ता खलाका शिविरहरुले सधैंव निरन्तरता पाउनु पर्ने धारणा व्यक्त गरेका थिए।माघ १५ गते रुद्रपुर, माघ १६ गते रायपुर र माघ १७ गते बुटवल देवीनगरमा संचालन भएको तीन दिने शिविरमा जम्मा ९४९ जना महिलाहरुले स्तन तथा पाठेघर पेरिक्षण गराएका थिए। जसमध्ये ३८ जना आङ खस्ने, ३७ जना पोजेटिभ र ३१६ जना मा इन्फेकशन भेटीएको र निशुल्क औषधी बितरण गरीएको NACCR का डा. कस्तुरी मल्लले जानकारी गराउनु भयो। लायन्स कल्ब डिष्ट्रिक्ट ३२५ B2 का डिष्ट्रिक्ट कोडियोनेटर तथा मुल संयोजक महेन्द्र अमात्यले कार्यक्रमको उदेश्य माथि प्रकास पार्दै शिविर सञ्चानलमा सहयोग पुर्याउन सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नु भएको थियो। लायन्स कल्ब डिष्ट्रिक्ट ३2५ B2 का सिनियर एडवाइजर सुरेश रत्न बज्रचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रविणा सिंहको स्वागत मन्तब्य र लायन्स क्लब अफ तिलोत्तममाका सचिव उपेन्द्रमान  क्षेष्ठले कार्यक्रम सञ्चालनमा गर्नु भएको थियो। तिन दिने शिविर समापन कार्यक्रममा बिभिन्न माध्यमबाट शिविर सञ्चालनको अवधीमा सहयोग पुर्याउने व्यक्ती तथा संघ सस्थाहरुलाई सम्मान गरिएको सुनगाभा सामुदायिक विकाश केन्द्रका क्षमता अभिवद्धि उत्प्रेरक राज कुमार क्षेत्रीले जानकारी गराउनु भयो।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण