गृहपृष्ठ » देवदह विशेष, समचार, समाजरोहिणी पुलको शिलान्यास कार्यक्रम सम्पन्न

रोहिणी पुलको शिलान्यास कार्यक्रम सम्पन्न

February 4, 2017४८४ पटक

उज्यालो लाल्टिन सम्बाददाता, माघ २२/ देवदह। देवदह नगरपालिकाको भलुहि र तिलोत्तमा नगरपालिकाको भुपू सैनिक, मद्राहनीलाई जोडने रोहिणी पक्की पुलको शिलान्यास गरिएको छ । पुलको क्षेत्र नं १ रुपन्देहीका सांसद अब्दुल रज्जाकले एक कार्यक्रमका विच शिलान्यास गरेका हुन । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद रज्जाकले रोहिणी नदी ऐतिहासिक नदी भएको बताए। क्षेत्र नं १ को भौतिक विकास निर्माणका कार्यहरु आफुले सक्दो रुपमा गर्दै आएको बताए । आफनो समाजको विकास निर्माणका कार्यमा सबै राजनितिक दलका प्रतिनिधी र आम नागरिक मिली अगाडी बढनु पर्ने बताए । नेपाली कांग्रेस रुपन्देहीका सभापति समेत रहेका सांसद रज्जाकले सिमांकनको कुरामा धेरै समय खर्च गरेमा राष्ट्रले निकास नपाउने उल्लेख गरे । उनले लडाइ र झगडा गरेर मात्र समस्या सामाधन नहुने भन्दै सबै राजनितिक दलका प्रतिनिधि सहमति र सहकार्य गर्दै निकास निकाल्नु पर्ने बताए । डिभिजन सडक कार्यालय बुटवलका डिभिजन प्रमुख मेघराज मरासिनीको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाका कार्यकारी अधिकृत रामप्रसाद सापकोटा, नेपाली कांग्रेसका क्षेत्रीय सभापति हिराबहादुर खत्री, नेकपा एमालेका जिल्ला सदस्य ऋषिराम सापकोटा, नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य बलबहादुर बम, समाजसेवि कृष्णप्रसाद पौडेल, ठेकेदार भिमबहादुर श्रेष्ठ लगातले आ–आफना भनाइ राखेका थिए । डिभिजन सडक कार्यालय बुटवलका सब इन्जिनियर महेश्वर लम्सालको स्वागत र शाखा अधिकृत मुक्तिप्रसाद पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त पुल निर्माण कार्य २ बर्षमा सक्ने गरि एशियाटिक अरनिको एण्ड भिम जे.भि कम्पनिले ठेक्का लिएको छ । ६ करोड ८९ हाजार सतासि रुपैयामा निर्माण हुन लागेको रोहिणी नदि पुलको लम्बाई ६० मिटर र चौडाइ साढे ७ मिटरको रहेको कार्यक्रममा जानकारी गराईएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण