गृहपृष्ठ » समचारफागुन ५ गतेदेखि मदारमेला शुरुहुने।

फागुन ५ गतेदेखि मदारमेला शुरुहुने।

February 4, 2017१६९ पटक

नन्दु यादव ,माघ २२/ बेलाटारी। जिल्लाकाे कुडिया गा. बि.स. काे महलबारीमा यहि फागुन ५ गते देखि मदार मेला सुरु हुने भएकाे छ ।लामाे समय देखि हरेक बर्ष लाग्दै अाएकाे मदारमेला फागुन ५ गते देखि १४ गते सम्म मेला सन्चालन हुने मदरसा ईस्लामिया कुताबुल कुडियाका अध्यक्ष जमालुदिन असारी ले बताउनु भएकाे छ।मेला सन्चालन काे बारेमा जानकारी गराउने उदेश्यले अाज महलबारीमा पत्रकार सम्मेलन गरि मेला बारे जानकारी गराईएकाे हाे।मेलाका लागि अावश्यक पर्ने पुर्बधारकाे ब्योजनाको तयारीकाे लागि,विभिन्न समिति मार्फत,सरसफाई , खानेपानी बाटाेघाटाे ,शाैचालय,सवारीसाधनका लागि पार्किङ , बिजुलि ,सन्चार काे ब्यवस्थापन कार्य तिब्र रुपमा अगाडि बढिरहेकाे अायाेजक ले पत्रकार सम्मेलन मार्फत जनायकाे छ।मेलामा करिब १० लाख भक्त श्रध्दालुहरुकाे उपस्थिति हुने अनुमान गरिएकाे छ।नवलपरासीकाे एैतिहासिक तिर्थस्थलकाे रुपमा रहेकाे दाउने देबि,रामग्रामस्तुप,माैलाकालिका,गजेन्द्र माेछधाम मध्ये मदारस्थान पनि एक महत्वपर्ण स्थान हेा।मदार बाबाकाे मजारस्थानमा पुगेर मनमा चिताएकाे मनाेकामना पूरा हुने धार्मिक बिश्वास रहि अाएकाे छ। महिलाहरुकाे बच्चाहुने समस्या लाई यहाजाने महिलाहरुले भाकल गरेर अाएपछि बाल बच्चा पाएकाे महिलाहरुले बताउदै अाएका छन।मदारबाबाकाे मजारस्थान महलबारी देखि लगभग९ किलाेमिटर पहाडकाे डाडामा अवस्थित रहेकाे छ लगभग ३ घन्टा पुग्न लाग्दछ। नेपाल र मित्र राष्ट्र भारत का भक्तजन हरुकाे उपस्थिति हुने जनाईकाे छ।मेलालाई सभ्य रभब्य बनाउन कडा सुरक्षाका लागि सुरक्षाकर्मी, स्थानिय स्वयसेवक खटाईने बताईएकाे छ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण