भोज खुवाए एक दिनलाई, दान दिए युगौयुगलाई
उज्यालो लाल्टिन सम्बाददाता,माघ २६ /रुपन्देही। रुपन्देहीको देवदहमा दाईजो,गरगहना र भोजभतेर रहित विवाह सम्पन्न भएको छ। रुपन्देही, देबदह ८ निवासी नव बर गणेश डुम्रे र नवलपरासी निवासी बधु मुना भण्डारीले ” भोज खुवाए एक दिनलाई, दान दिए युगौयुगलाई” भन्ने नारा सहित समाजमै पहिलो पटक फरक ढंगबाट वैवाहिक कार्यक्रम सम्पन्न गरेका छन। बिगत लामो समयदेखी शैक्षीक, सामाजिक र पत्रकारीताको क्षेत्रबाट समाज परिवर्तनको अभियान्ताको रुपमा खटीएका डुम्रेले विवाहमा भोजभतेर,बाजागाजा र तडक भडकमा हुने फजुल खर्चलाई देबदह आर्दश बहुमुखी क्याम्पस सञ्चालन अक्षयकोष स्थापनार्थ एक लाख एघार हजार एक सय एघार ,जुनीयर रेडक्रस सर्कल केरवानी मा.बि सहयोगार्थ एघार हजार एक सय एघार र कोटीयामाई मन्दिर सहयोगार्थ एघार हजार एक सय एघार हस्तान्तरण गरेका छन। देवदह स्थिती डुम्रे निवासमा हिजो सम्पन्न आशिर्वाद कार्यक्रममा उक्त रकम हस्तान्तरण गरीएको हो। राजनीतिज्ञ, समाजसेवी, बिभिन्न संघ-सस्थाका प्रतिनिधि एवम स्थानिय वासी गरी दुइ सय भन्दा धेरैको उपस्थिती रहेको आशिर्वाद कार्यक्रममा बोल्दै रुपन्देही क्षेत्र नम्बर एक का सांसद अब्दुल रज्जाक,देबदह नगरपालिकाका अधिकृत रामप्रसाद सापकोटा,देबदह मेडिकल कलेजका डा प्रदिप ज्ञवाली,देबदह स्वास्थ्य चौकीका ईन्चार्ज जय किशन अधिकारी , युगिन साहित्य समाजका अध्यक्ष यज्ञ प्रसाद न्यौपाने लगायतले यस्ता खालको विवाह वास्तमानै एक अनुकरणिय रहेको र यो प्रयास पहिलो भएता पनि अन्तिम हुन नहुने धारणा व्यक्त गरेका थिए। मणिप्रसाद शर्माको स्वागत र अजुर्न पोखरेलको संञ्चालनमा भएको कार्यक्रममा बर गणेश डुम्रेले “म धर्म, सस्कृति र संस्कारको बिरोधी होइन मात्र एक प्रयास गरेको छु परिवर्तनका लागि भन्दै आफ्नो यो प्रयासलाई खुल्ला मनबाट स्वागत गर्ने समाज र परिवार प्रती आभार व्यक्त गरेका थिए।