बसको ठक्करबाट एकको मृत्यु
केशव प्रसाद पराजुली, माघ २६/ देवदह । बुटवलबाट काठमाण्डौ तर्फ जादै गरेको लु.२.ख ७८५ नम्बरको मिनीबसले सोही दिशा तर्फबाट आइरहेको साइकल यात्री बर्ष ६४ का दुर्गा बहादुर कु्ँवरलाई ठक्कर दिदा मृत्यु भएको छ। सुनवल १० गैंडाखाल निवासी कुवरलाई देवदह ११ भलुही स्थित भु.पु शैनिक जाने बाटो नजिकै ठक्कर दिएको हो। ठक्करबाट शक्त घाइते कुवरको उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पतालमा मृत्यू भएको देवदह प्रहरी चौकी खैरेनीका प्रहरी नायव निरिक्षक भक्तीराम खनालले बताएका छन।