गृहपृष्ठ » आफ्नै खबर, समचार, समाजग्रामिण क्षेत्रमा केबल सेवा सन्चालन हुदा स्थानिय बासिमा खुशियाली।

ग्रामिण क्षेत्रमा केबल सेवा सन्चालन हुदा स्थानिय बासिमा खुशियाली।

February 9, 2017२० पटक

नन्दु यादव,माघ२७ ,बेलाटारी ग्रामिण क्षेत्रमा केबल सेवा सन्चालन हुदा स्थानिय बासिमा खुशियाली। जिल्लाकाे दक्षिणी क्षेत्रमा रहेका विभिन्न गाउँ बिकास समितिहरुमा केबल सेवा उपलब्ध भएपछि स्थानीय बासि खुसि भएका छन।लामाे समय देखि केबल सेवा नहुदा स्थानिय बासिहरुले नेपाल बाट सन्चालन रहेका टि भि च्यानल बाट प्रसारण हुने समाचार ,नाटक ,तथा मनाेरन्जनात्मक कार्यक्रम हरुबाट बन्चित रहेका थिए।नेपाली नागरिक भएर पनि नेपाली चैनलबाट प्रसारण हुने विभिन्न कार्यक्रम हरु अब केबल सेवा उपलब्ध भएपछि नेपाली चैनलबाट नेपालकाे सत्य तथ्य घटना हेर्न पाएकाेले समस्या हटेकाे ठुलाेखैरेटवाका जय गाेबिन्द यादव ले बताउनु भयाे । लामाे समय देखि भारतिय डिटियच प्रयाेग गरि भारतिय चैनलहरु हेर्न पर्ने बाध्यता रहेकाे समस्या समाधान भएपछि अाफुहरु खुसि भएकाे उहाले भन्नू भयाे। ग्रामिण क्षेत्रमा बसाेबास गरिरहेका जनता सुचनाबाट बन्चित रहेकाे हुनाले केबल सेवाभएपछि जनतामा जनचेतना अाउने बिश्वास लिएकाे छ।जिल्लाकाे जमुनिया,प्रतापपुर, साेमनी रमपुरवा, नरसहि ,पकलिहवा गुठिसुर्यपुरा,कुडिया ,त्रिबेणीसुस्ता,रुपाैलिया लगायतका गाउँ बिकास समितिहरुमा केबल सन्चालनमा अाएकाे छ ।दाउन्ने स्पेस नेटवर्क ले केबल सन्चालन गरेकाे छ भने प्रत्येककाे महिना २ सय शुल्क तिर्नु पर्ने प्रावधान रहेकाे  छ

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण