सिमा क्षेत्रका भारतिय प्रहरीले गरे मनाेमानी रकम असुली ।
नन्दु यादव,माघ २८ बेलाटारी /ठुठिबारी कस्टममा खटिएका भारतिय प्रहरीले गरे मनाेमानी रकम असुली। नेपाल राष्ट्र सग जाेडिएकाे मित्र राष्ट्र भारतका सिमामा रहेका कस्टममा खटिएका भारतिय प्रहरीहरु ले नेपालीहरुबाट मनाेमानी रुपमा रकम असुली गरि रहेका छन। नेपालीहरुले नेपाल बाट सस्ताे सामान भारतिय बजारहरुमा पाईने भएकाे ले नेपाली हरुले दिनदिनै भारतिय बजार गर्दै अाएका छन।भारतकाे नाैतनवा ,ठुठिबारी ,निचलाैल लगायतका बजारहरुमा नेपालीहरु अाफ्नाे सामान किन्नका लागि पुग्दछन तर सामान किनेर अाएपछि सिमा मा रहेका ठुठिबारी कस्टममा खटेका भारतिय प्रहरीले सामान चेक जाचगर्ने क्रममा नेपालीहरुबाट ५० रुपैया भारतिय देखि ५ सय भारतिय रुपैयासम्म बिना रसिदकाे लिईरहेकाे जमुनियाका दामाेदर गुप्ताले बताउनु भयाे।पैसा लिएबापत कुनै किसिमकाे रसिद नदिएकाे नेपालीहरु बताउछन।सामान लि एर अाउदा चेकजाच गर्ने क्रममा पैसा देउ नत्र कस्टम गराउदा धेरै पैसा लाग्छ भनेर केही पैसा लिएर मनाेमानि रुपमा बिना कस्टमकाे सामान छाेडेपछि सामानहरु धमाधम नेपाल भित्रिरहेकाेछ यसरी हुदा भारतिय कस्टममा अनुमानित उठाउने राजस्वमा कमि अाएकाे छ । भारत देशका रक्षक भएर भारतिय प्रहरी नै देश भक्षक बनिरहेका छन।