गृहपृष्ठ » अन्तर्राष्ट्रिय, समचारदाङ देउखुरी समाज युएईको साधारणसभा सम्पन्न अध्यक्षमा कमल गिरी।

दाङ देउखुरी समाज युएईको साधारणसभा सम्पन्न अध्यक्षमा कमल गिरी।

February 13, 2017२६ पटक
सन्तोष धिताल,युएई /’सुरक्षीत प्रवास , समृद्ध समाज निर्माण हाम्रो अभियान’ को मुल नाराका साथ युएईमा स्थापित दाङवासीहरुको साझा सामूहिक संस्था दाङ देउखुरी समाज युएईको प्रथम साधारणसभा सभा दुबई स्थित जावेल पार्कमा संस्थाका अध्यक्ष शान्त गिरीको अध्यक्षता एवं संरक्षक शालिक सुबेदिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। received_1061319943979533
संघ/संस्था प्रती युएईको पछिल्लो प्रतिकूल परिस्थितिका बाबजुद पनि केही संस्था प्रतिनिधि सहित दाङवासीहरुको उल्लेख उपस्थिति रहेको कार्यक्रम संस्थाका उपाध्यक्ष सन्तोष धितालको स्वागत मन्तव्य बाट शुरु भएको थियो भने संस्थाका सचिव एकराज रिजालले कार्यप्रगती प्रतिवेदन संगै संस्थाको कोषको जिम्मेवारी सम्हाल्नु भएका पिम बहादुर के.सी. ले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको कार्यक्रममा अन्य उपस्थितले समेत शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो।
संस्थाको तिनै क्षेत्रीय समितिका पदाधिकारी समेत उपस्थित कार्यक्रममा क्षेत्रीय समिती प्रतिनिधि सबैले आ-आफ्नो क्षेत्रको गतिविधि समेत प्रस्तुत गर्नु भएको थियो भने प्रथम अधिवेशनले युएईका सबै प्रान्त सहित दाङ जिल्लाको समेत सम्पूर्ण क्षेत्रको प्रतिनिधित्व रहने गरि कमल गिरीको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ। जसको उपाध्यक्षहरुमा क्रमशः सन्तोष धिताल , पिम बहादुर के.सी. र सुर्य बहादुर के.सी. , महासचिवमा एकराज रिजाल , सचिवमा नारायण आचार्य , कोषाध्यक्षमा धनिराम सुवेदी , प्रबक्तामा प्रेम बहादुर चन्द , सदस्यहरुमा बिश्वदेव शाह , अमर सिंह खत्री , देवराज ओली , बालकृष्ण बुढा , सुनिता सुनार , शर्मिला डि.सी. , दिलाराम वली , बिष्णु बुढाथोकी त्यस्तै सल्लाहकारहरुमा शान्त गिरी , नरेश सेन , चित्र नेपाली र राज कुमार यादव हुनुहुन्छ ।
नव निर्वाचित कार्यसमितिलाई बधाई एवं शुभकामना ब्यक्त गर्नु हुँदै संस्थाका संरक्षक शालिक सुबेदिले समाजले युएईमा रहेका जिल्लावासीहरुको अप्ठ्यारो परिस्थितिमा अभिभावकीय भूमिका निर्वाह गर्दै आईरहेकोमा आगामी दिनमा अंझ सबै क्षेत्रमा रहेकालाई समाजमा समेट्दै नयाँ उचाई दिनेमा बिश्वस्त रहेको बताउंदै अघिल्लो कार्यसमितिले समेत गरेको कार्यको प्रशंसा गर्दै धन्यवाद समेत ज्ञापन गर्नु भएको थियो। त्यस्तै नवनिर्वाचित समितिलाई पद एवं कार्यभार हस्तान्तरण गर्नुहुंदै निर्वतमान अध्यक्ष शान्त गिरीले बधाई एवं सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो। त्यस्तै नवनिर्वाचित अध्यक्ष कमल गिरीले संस्थालाई युएईमा रहेका सबै दाङवासीहरुको अप्ठ्यारो परिस्थितिमा ओढ्ने छाताका रुपमा विकास गर्न आफू र आफ्नो टिम लागिपर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको कार्यक्रमको सहजीकरण एकराज रिजालले गर्नु भएको प्रबक्ता प्रेम चन्दले जानकारी दिनु भयो।
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण