गृहपृष्ठ » बिचार/ब्लगमाफ गर्नुस कमरेड सुसिल म माओवादी बन्न सकिन

माफ गर्नुस कमरेड सुसिल म माओवादी बन्न सकिन

February 13, 2017२३० पटक

बिक्रमआचार्य महिना ,गते र बार थाहाभएन , तर चर्को घाम लागेको थियो । एउटा लुखुरे मान्छे गाउ भरीका घर-घर पस्थ्यो र उर्दी गर्थ्यो ” आसुको दोकानमा धान पुर्‍याउनु ” सुने अनुसार आसु भनेको सानी-आमा ( तामाङभाषाअनुसार )- आसुको दोकान मेरो बालापन बितेको त्यो गाउमा निकै चर्चित थियो। ” कमरेड सुसिल ” वास्तविक नाम के थियो ? को हुन थाहा भएन तर मेरो मानसपाटलमा यो याद छ – उनी नेपाल कम्युनिस्ट पार्टी ( माओवादी ) का नेता थिए र सामन्ती बिरुद्धको आन्दोलनको सहयोगका लागि चिसाङको बगरमा बर्खे भेल सगै आएको पानीलाई दु:ख गरी शिचाइ गरेका अधिकान्श ८ देखी १० कठ्ठा जमिन भएका , छोरा- छोरी पढाउन नसकेर घर मै राखेका सामन्तीहरुबाट धान लिन आएका थिए।

आज पनी त्यो सामन्ती गाउका मानिसहरु एकघर एककतारको नारा बोकेर कही कतै मरुभुमी तिर होलान। तर त्यो क्षणमा कमरेड सुसिल मेरा लागि भने सम्मानित थिए , माथिको मनोभावना त सोची सम्झी आज सम्झील्याउदा जन्मिएको हो । उनी म लगायत केही साना भुराहरुलाई १० रुपिया दिन्थेर भन्थे – ” आर्मी आउन सक्छन   – हेर्नु ” साइकल चलाएर कोही गाई खाडी , तल जङलतिर आर्मी हेर्न जान्थे – म चाँही भलेटो खोला तिर जान्थे – केही छिन फर्केर आएपछी ” छैन ” को उत्तर हुन्थ्यो म सँग । कमरेड सुसिल भन्थे ” ठुलो भए पछी माओवादी बन्नुपर्छ ” १० रुप्पिया दि’राख्नेले भनेको कुरा के नमान्नु ? ” हुन्छ ” भनीदिन्थे।मलाई मेरो गाउबाट उनले धान ,चामल लगेको कुनै पिर थिएन म मात्र खुशी16736278_758035921032076_504641897_n

थिए कमरेड सँग ”  किनकी उनी मलाई १० रुपैयाँ दिन्थे ? आर्मी हेर्न पठाउथे – कत्ती सजिलो थियो पैसा लिन ,१० रुपैया मात टन्नै पोस्ट कार्ड आउथ्यो ” ।

समय क्रममा ०६२/०६३ को आन्दोलन भयो – बिभिन्न मुक्तीका नारा सगै उठेको जनलहर माम १२ बर्षको फुचचे ले पनि आमसभाहरुलाई सम्बोधन गरेको थिए। मोरङको लेटाङको बिपी चौक र बुध बारे चोकमा बोलेका रवाचन गरेका कविता मैले आज सम्म पनी बिर्सिएको छैन ।आज म जस्तै अवोधहरुले बुझ्न थालेका छन – भित्री कुरा र बाहिरी कुरा मुक्तीका नारा अनी – धनका बिटाहरु – क्रान्ति भनेर धोकाका परिद्रिस्यहरु , सुरुङ युद्द भनेर लम्पसारवाद सम्ममा अग्रगामी छलाङहरु।

जातिय नाराबाट डुंगडुङ गनाएको छ मुलुक ,सान्स्कृतिक अतिक्रमणले जन्जिर भएकोछ मुलुक , भुगोल चिरा –चिरामा भावनात्मक युद्दको धपेटीमा छ , बिखण्डनका स्वरहरु घन्की रहेछन , दसक लामो सामाजिक द्वन्द चलीरहेको छ । संबिधान सभाबाट संबिधान बनाउने यात्रामा देशले धेरै गुमाएको छ – तीनको क्षती पुर्ती भर्न सक्ने धरातल एजेन्डा बोक्नेहरुले निर्माण गर्न सक्दैनन भन्ने १०० % ग्यारेन्टी छ । एउटा मुख्य समस्या त केहो भने ? चाहे त्यो बाध्यता हो स्वासामाजिक देखा सिखी – युद्द मुख्यकारक तत्व हो – बिदेशमा ४० लाख बढी नेपाली भासिनुको यथार्थमा ।हिजो पढ्दै गरेको ठिटोलाई बन्दुक बोकाएर – जिन्दगीमा अरु कुरो नसिकेको उ अयोग्यको बिल्ला भिर्दै मलेसिया र खाडीहरुमा कही कतै बेल्चा चाल्दै होला ? ” कमरेड सुसिल तपाईं चाँही कहाँ हुनुहुन्छ ? “

कमरेड सुसिल , तपाईंले भनेको मुक्ती यही हो ? तपाइले बुझाएको अधिकार यही हो ? तपाईं अन्धो हुनो हुदो रहेछ कमरेड सुसिल ।देश त म बबुरोले त्यसबखत के बुझेको थिए र ? तपाईं बोल्दा तपाईंको मुखमा हेरेर तपाईं जस्तै बन्ने बढो चाहना थियो मेरो ,र तपाईं पनि भन्नुहुन्थ्यो ” ठुलो भएपछी माओवादी बन्नुपर्छ ” ।एकात्मक शासन ब्यबस्था त तपाईंको अग्रगामी पार्टीमा आज सम्म पनि छ , एउटै मान्छेले कुर्सी नछोड्डदा कती बिद्रोहका फुटहरु भए ? अहिले तपाईं नयाँसक्ती ,बिप्लव , बैध , मातृका , प्रचन्ड वा कही कतै हुनुहुन्छ कि ? खाडीमा हुनुहुन्छ कमरेड सुसिल ?

थाहा छ कमरेड सुसिल , तपाईंले सामन्त भनेका घरका छोराहरु आज दुबइ , कतार र मलेसियामा छन । तपाईंले मार्ने धम्की दिएर उडेकाहरु आज पनी उतै छन – तपाईंको साथमा लाग्नेहरुलाई तपाईंले नै खेदाएकाहरुले भिसा पठाइदिएर – ॠण दिएर उत्थान गरे नि ? नत्र तिनीहरुको बिल्ली बाठथ्यो।

तपाईं जहाँ हुनुहोस तर तपाईं झुट हुनुहुदो रहेछ ,तपाईंले मलाई गलत सिकाउनु भएछ । माफ गर्नुस कमरेड सुसिल ” ठुलो भए , विदेशमा छु २३ बर्षको भए तर माओवादी बन्न सकिन , बन्ने छैन

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण